कमेडी फिल्म खेल्दा स्कुलबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

सानो कमेडी फिल्ममा अभिनय गरेकै कारण सिराहाको लहान नगरपालिका–८ स्थित मोडेल एजुकेशनल एकेडेमीले कक्षा १० मा अध्ययनरत एक छात्रालाई निष्कासन गरेको छ । सिराहा नगरपालिका–१८ माडर घर भएकी छात्रा संजना मण्डललाई उक्त निजी स्कुलले निष्कासन गरेको हो ।

 

कमेडी फिल्ममा अभिनय गरेर चरित्रहीन बनेको बताउँदै प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाट निकालेको पीडित छात्रा संजनाले बताइन् । प्रिन्सिपलले अबदेखि स्कुलमा प्रवेश गरे ठिक नहुने चेतावनीसमेत दिएको उनले सुनाइन् ।

प्रिन्सिपलले नै निष्कासन गरेपछि छात्रा संजना दुई दिनदेखि पढ्न गएकी छैन । उनकी आमा शितल मण्डलले एसइई परीक्षा दिन मात्र ६ महिना बाँकी रहँदा विद्यालयबाट निकालेपछि छोरी बिचल्लीमा परेको बताइन् ।

छोरीको पढाई बिग्रिने डरले चिन्तामा डुबेकी उनले भनिन् ‘स्कुलबाट यस्तो अवस्थामा निष्कासन गर्‍यो अब अन्य कुनै विद्यालयमा यो बेला भर्ना पनि लिँदैन ।’

संजनाका दुई बहिनी र एक भाइ पनि त्यही स्कुलमा पढ्दै आएका थिए । तर उनीहरूलाई पनि शौचालय सफा गर्न र खाना पकाउन लगाएपछि अभिभावकले अन्य स्कुलमा भर्ना गराए । त्यस दिनदेखि नै प्रिन्सिपल मण्डलले छात्रा संजनालाई विभिन्न बहानामा यातना दिँदै आएका थिए ।

‘निकालेका छोराछोरीलाई फेरि यही स्कुलमा पुनः भर्ना गराऊ भन्ने धम्की दिइएको थियो, संजनालाई पनि पढ्न नदिने धम्की दिँदै आएका थिए’ उनले भनिन्, ‘अहिले कमेडी फिल्म खेलेपछि बहाना भेट्यो । त्यही बहानामा स्कुलबाट निष्कासन गरेर छोरीको भविष्य बिगार्न खोजियो ।’

उनले छोरीको भविष्य बचाइदिन सम्बन्धित निकायसँग माग गरेकी छन् । यता प्रिन्सिपल मण्डलले ग तल काम गरेपछि स्कुलबाट निकालेको दाबी गरेका छन् । तर के गलत काम गरिन् भन्ने उनले खुलाएनन् ।

‘कसले भन्यो स्कुलबाट निष्कासन गर्‍यो ? यो विषयमा भेटेर कुरा गर्छु,’ प्रिन्सिपल मण्डलले थपे, ‘होइन भने निकालिएकी छात्राले के–के गुनासो गरिन् सबै कुरा लेखिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...