५ वर्षीया बालिकाको शव पोखरीमा फेला, हत्या गरेर फालेको आशंका



हाम्रो इकोनोमि

 

 

सिराहामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । नरहिया गाउँपालिका वडा नम्बर ५ स्थित स्थमनीय मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोमवार दिउँसो करिब २ बजे घरबाट बेपत्ता भएकी निलु साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

तर, मंगलवार विहान ४ बजे स्थानीहरुले पोखरीको छेउतीर शव फेला पारेका छन् । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल सिराहा पठाइएको छ ।

यता, प्रहरीले पोखरीमा डुबेर लिलुको मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको भनेपनि मृतक लिलुको परिवारले हत्या गरेर बालिकाको शव पोखरीमा फालेको दाबी गरेका छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...