गृहमन्त्री हिरो बन्न खोज्दा प्रहरी जिरो बन्दै ?



हाम्रो इकोनोमि

 

नेपाल प्रहरी यतिबेला सबैको तारो भइरहेको छ । नागरिक र मिडियाबाट त आलोचना भइरहेको छ नै राज्यकै माथिल्लो निकायबाट समेत प्रहरीलाई गाली गर्ने काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादलले समेत निर्मला पन्त बलात्कारपछि हत्या घटनामा आफूहरुलाई गलत ब्रिफिङ गरेर प्रहरीले फसाएको सार्वजनिक रुपमै बताइसकेका छन् ।

 

गत साता राज्यव्यवस्था समितिमा गृहमन्त्री बादलको भनाइले प्रहरी अधिकारीहरु झन् चकित बनेका छन् । निर्मलाका बुवा भारतमा भएको बेलाको मिति राखेर सनाखत मुचुल्कामा औंठाछाप लगाएको र निर्मलाको कपडा प्रहरीले जलाएको भनेर उनले आलोचना गरे । निर्मलाको कपडा जलाएको विषय यसअघि नै आइसकेको छ । ल्याबमा पठाउनुपर्ने कपडा जलाएर प्रहरीले प्रमाण नष्ट गरेको थियो ।

 

सनाखत मुचुल्कामा पछि औंठाछाप लगाइएको विषयलाई भने थप उचालेर गृहमन्त्रीले प्रहरीको मनोबल थप खस्काएका छन् । सामान्यतया सनाखत मुचुल्का  शव भेटिएको दिन तयार हुन्छ । सोही दिनको मिति राखिन्छ ।

 

निर्मलाको साइकलको सनाखत गराउन प्रहरीले साउन ११ गते मुचुल्का बनाएको थियो । त्यही दिन निर्मलाकी आमाले मुचुल्कामा औंठाछाप लगाएकी थिइन् ।
त्यो दिन निर्मलाका बुवा यज्ञराज कान्छी श्रीमतीसँग भारतमा गएका थिए । भारतबाट नेपाल आएपछि साइकलको सनाखतमा उनको पनि औंठाछाप लगाइयो । त्यो साउन १३ गतेको घटना थियो ।

 

त्यही दिन प्रहरीले मृतकको नाम परिवर्तन गरी कोड नाम राखेको थियो । बलात्कार मुद्दामा पीडितको नाम नराखी कोड नाम राखिन्छ । त्यसका लागि पनि पीडितको परिवारको औंठाछाप चाहिन्छ । त्यसमा पनि यज्ञराजको औंठाछाप लगाइएको थियो । दुवै कागजमा एकैपटक उनको औंठाछाप लगाइएको थियो ।

 

कहिलेकाहीँ पुरानो मिति राखेर गृहले केही निर्णयहरु गर्दछ । शव भेटिएकै दिनको मुचुल्का भएको त्यही दिनको मिति हुनु स्वभाविक थियो । तर, त्यो विषयलाई गृहमन्त्रीले नै प्रहरीले ठूलो गल्ती गरेको जसो गरी सार्वजनिक गरिदिए । प्रहरी थप विवादमा फस्यो ।

 

स्रोतका अनुसार एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको ब्रिफिङका आधारमा गृहमन्त्रीले त्यस्तो बताएका थिए । गृहमन्त्रीको भाषणपछि त्यस विषयमा प्रहरीले गलत ब्रिफिङको समीक्षा गरेको थियो ।

 

गृहमन्त्रीको यो भाषणले के देखाउँछ भने गृहमन्त्री घटनाको सबै दोष प्रहरीमाथि थोपरेर आफू त्यसमा जोगिन चाहन्छन् । पन्तका अभियुक्त पत्ता नलाग्नुमा आफ्नो कुनै गल्ती नभई प्रहरीको मात्र गल्ती भएको देखाउन चाहन्छन् । प्रहरीलाइ जिरो बनाएर आफू भने हिरो बन्न चाहन्छन् ।

 

त्यसो त गृहमन्त्री मात्र होइन प्रहरी महानिरीक्षकमा पनि यो समस्या देखिएको छ । कञ्चनपुर पुगेर उनले प्रहरीकै कारण प्रहरी बदनाम भएको बताए । तर, नालायक नेतृत्व जिल्लामा हुँदा पनि त्यसबारे पहिले उनलाई जानकारी थिएन ।

 

घटनाको वास्तविकता पत्ता लगाउन गृहमन्त्रालयले नै सहयोगी भूमिका खेल्न नसकेपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरुसमेत निराश छन् ।

 

अभियुक्त दिलिप नै ?
उता अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका प्रहरी अधिकारीले भने निर्मला पन्तलाई दिलीपसिंह बिष्टले नै बलात्कापछि हत्या गरेको दाबी गरेका छन् । आफूहरुको अनुसन्धानमा त्रुटि नभएको उनीहरुको दाबी छ ।

 

सो टिमले बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर डीएनए नमिलेपछि उनी छुटेका थिए । डीएनएनको नमूना परीक्षणमा नै त्रुटी भएको हुनसक्ने उनीहरुको आशंका छ । बिष्टले बताएको घटनास्थलाको विवरण र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको उनीहरुको भनाइ छ ।

 

त्यसबाहेक स्थानीयले पनि दिलिपलाई त्यो बाटो हिडेको देखेको बताएका छन् ।
तर, दिलिप नक्कली अभियुक्त भन्दै आन्दोलन चर्किएको थियो । नागरिक दबाबकै भरमा उनलाई छाडिएको ती अनुसन्धान अधिकृतको दाबी छ ।

 

एसपी डिल्लीराज बिष्टसहित, डीएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टरहरु जगदिश भट्ट र एकेन्द्र खड्का तथा असई रामसिंह धामी सो प्रकरणमा निलम्बनमा परेका थिए । उनीहरुले छानबिन समितिलाई दिएको विवरणमा दिलिप नै अभियुक्त भएको दाबी गरेका छन् । दृष्टिबाट

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...