ठूलिआमा बलात्कार गर्ने प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

ठूलीआमालाई बलात्कार गर्ने पाल्पाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका ती युवकलाई पक्राउ गरेको हो ।

 

मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठूलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको बताए ।

 

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...