माधव नेपालले अस्वीकार गरेको नेकपाको त्यो बैठकमा के भएको थियो ?



हाम्रो इकोनोमि

 

वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।

 

सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी भएपछि बरिष्ठ नेता नेपालले सो निर्णय अश्वीकार्य हुने भन्दै स्थायी कमिटी सदस्यहरुको भेला समेत गरिसकेका छन् । परिपत्र फिर्ता लिएर स्थायी कमिटीबाट निर्णय गर्नु पर्ने नेता नेपालको माग छ ।

 

प्रवक्ताबाट राजीनामा दिएका नेता श्रेष्ठले औपचारिक रुपमा विरोध नगरेपनि असन्तुष्टि जनाएका छन् ।

 

नेताहरुले भने अध्यक्षद्वय ओली र प्रचण्ड भन्दा बामदेव गौतमले तत्काल निर्णय गर्न दबाव दिएको दाबी गरेका छन् । गौतमलाई ईश्वर पोखरेलले साथ दिएका थिए भने झलनाथ खनाल र रामवहादुर थापा बादलले पनि समर्थन गरेको एक सचिवालय सदस्यले बताए ।

 

बैठकको दृष्य सुनाउँदै एक नेताले भने, ‘महासचिव बिष्णु पौडेलले कार्यदलले काम गर्न नसकेको भन्दै तीनै कार्यदललाई जिल्ला भन्दा तलका कमिटीहरुको एकीकरण गर्न जिम्मा दिने र मापदण्ड थपेर पठाउने खालको प्रस्ताव पेश गरेपछि बामदेव गौतम पड्किए ।

 

उनले पार्टी बिघटन गर्न खोज्ने ? भन्दै आजै दुईजना अध्यक्षले सल्लाह गरेर प्रदेश कमिटी गठनको प्रस्ताव ल्याउनुस भने । ईश्वर पोखरेलले दुई अध्यक्षले जस्तो प्रस्ताव ल्याए पनि समर्थन गर्छौर्र्ं तर अब पार्टीलाई भ्याकुममा नराखौं भने । ‘

 

गौतमले ओली र प्रचण्डलाई अर्को कोठामा गएर प्रदेश कमिटीको खाका बनाएर ल्याउन आग्रह गरेका थिए । पोखरेलले ‘प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम प्रस्ताव गर्नुस् । कुनकुन प्रदेश कसरी बाँड्ने तपाईहरु धार्नी बिसौली मिलाउनुस् । बरु महासचिवलाई पनि राखेर प्रस्ताव ल्याउनुस्’ भन्ने सुझाव दिएका थिए ।

 

गौतम र पोखरेलले कडिकडाउ अडान लिएपछि झलनाथ खनालले पनि साथ दिएका थिए । पार्टीलाई सँधै तदर्थ ढंगले चलाउन नहुने भन्दै खनालले प्रस्ताव ल्याउन सुझाव दिएका थिए । बैठकमा सहभागी अर्का सदस्य बादलले पनि त्यसमा सहमति जनाएपछि दुवैजना अध्यक्ष ठीकै छ भन्दै अर्को कोठामा गएको बैठकका सहभागीले बताए ।

 

प्रधानमन्त्री निवास बालुवाटारकै एउटा कोठामा करीव ३ घण्टा छलफलपछि अध्यक्षद्धय ओली र प्रचण्डको सुझाव अनुसार महासचिव बिष्णु पौडेलले सात प्रदेशका २८ पदाधिकारीको नाम प्रस्ताव गरे, जुन सर्वसम्मत रुपमा पारित भएको थियो ।

 

महासचिवको प्रस्तावमा कुनै पनि नेताले विमति राखेनन् । यसअघि प्रचण्डले बादलसँग अलग्गै छलफल गरेका थिए । पूर्वमाओवादीमा प्रचण्ड र बादलको छलफल भएपछि विवाद भएन । पूर्व एमालेबाट ओलीले ६ इन्चार्जमध्ये ३ जना माधव नेपाल र झलनाथ खनाल पक्षका राखेपछि झलनाथ खनालले पनि सहमति जनाइहाले ।

 

अध्यक्ष, सहइन्चार्ज र सचिवमा प्रस्तावित नाममा खासै विमति भएन । बामदेवले भने  किरण गुरुङवलाई गण्डकी प्रदेशको इन्चार्जबाट हटाइएकोमा असन्तुष्टि जनाएका थिए ।

 

अध्यक्षद्धय ओली र प्रचण्डको समदूरीमा रहेर काम गरिरहेका महासचिव पौडेलले त्यस दिन प्रदेश पदाधिकारी चयनको प्रस्ताव ल्याएका थिएनन् । अध्यक्षद्धयको मूड पनि सम्भवतः थिएन । तर, बैठकमा सहभागी अन्य चार नेताले एक स्वरमा आजै गर्नुपर्छ भनेपछि बैठककै म्याण्डेट लिएर २८ जनाको नाम पेश भएको स्रोतको दाबी छ ।

 

माधव नेपालको असन्तुष्टि के मा ?

तत्कालिन एमालेले पाएका ६ जना इन्चार्जमध्ये गण्डकी र प्रदेश ५ बाहेक अरुमा पूरानैले जिम्मेवारी पाए । माधव नेपाल पक्षका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावल इन्चार्ज भए । ओली पक्षले पाएका ३ इन्चार्जमध्ये प्रदेश २ मा सत्यनारायण मण्डल यथावत रहे ।

 

गण्डकी प्रदेशमा किरण गुरुङको ठाउँमा मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई ओलीले प्रस्ताव गरे । त्यस्तै प्रदेश ५ मा तत्कालिन इन्चार्ज बिष्णु पौडेल महासचिव भएकाले ओलीले मुख्यमन्त्री समेत रहेका शंकर पोखरेललाई सफारिस गरे । मुख्यमन्त्रीलाई इन्चार्ज बनाइएकोमा नेपालको आपत्ति छ ।

 

त्यस्तै प्रदेश १ का इन्चार्ज भीम आचार्य पछिल्लो समय ओली पक्षसँग मिलेर काम गरेको आरोप छ । नेपाल प्रदेश १ को अध्यक्ष जगन्नाथ खतिवडालाई बनाउन चाहन्थे । तर त्यसमा आचार्य बाधक भए । प्रदेश ६ मा प्रकाश ज्वाला अध्यक्ष बनाउन नेपाल चाहन्थे ।

 

साथै जिल्ला अध्यक्ष र सचिवमा ओली पक्षमा आएका छन् । प्रदेशको कार्यकारी भूमिका हुने पदमा आफ्नो पक्षका नेताहरुलाई बाइपास गरेपछि नेता नेपाल रुष्ट बनेको बताइएको छ ।

 

त्यसो त यसपटक ओली र प्रचण्डले सल्लाह गरेरै आफूलाई कार्यवाहक अध्यक्ष नदिएको आशंका पनि नेपालमा परेको छ । यसअघि दुवै नेता विदेश जाँदा नेपालले कार्यवाहक अध्यक्ष पाएका थिए । एकपछि अर्को असन्तुष्टि भएपछि उनले स्थायी कमिटी सदस्यहरुको भेला गरेका हुन् ।

 

नेता नेपालले प्रदेश पदाधिकारी चयनसम्बन्धी बैठकका निर्णय अवीकार गरेपनि उनी निकटकै नेताबाट कार्यन्वयनमा गइसकेको छ । भीम रावल इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला कमिटी एकीकरण प्रक्रिया थाल्नुको साथै प्रशिक्षण भेला थालेको छ । प्रदेश ३ मा पनि अष्टलक्ष्मी शाकये बैठक बोलाएर निर्णय गरिसकेकी छन् ।

नेपाल आफैं भने चीनतर्फ गएका छन् । उनी आएपछि थप छलफल हुने अनलाईनखबरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...