उपेन्द्र यादवलाई अमेरिकाले किन दिएन भिषा ? यस्तो रहेछ कारण



 

 

 

नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अमेरिकाले भिसा नै नदिएपछि संयुक्त राष्ट्रसंघको कार्यक्रममा उनले भाग लिन पाएनन् ।

 

सन् १९१८ सेप्टेम्बर २६ र २७ मा संयुक्त राष्ट्रसंघमा क्षयरोग र नसर्ने रोगहरुको बारेमा भाग लिन मन्त्री यादवलाई बोलाइएको थियो । विश्व स्वास्थ्य संगठनको उक्त कार्यक्रममा उनलाई २ वटा सेसनमा वक्ताका रुपमा राखिएको थियो ।

 

उक्त कार्यक्रममा भाग लिनका लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, उनका छोरा दिपेश यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका डा. सुशील प्याकुरेल समेत जाने तय भएको थियो । तर उपप्रधानमन्त्री यादव र उनका छोरा दिपेशलाई भिसा नै नदिएपछि डा. प्याकुरेलमात्र सेप्टेम्बर २४ मा गएर कार्यक्रममा सहभागी भई २९ तारिखमा फर्किएका थिए ।

 

उपप्रधानमन्त्री यादवले अमेरिकी सरकारले भिसा नदिएको कुरा स्वीकार गरेका छन् । उनले भने–‘नेपाल सरकारले अमेरिका सरकारलाई भिसा देऊ भनेर लेखेको हो । यूएनमा भाग लिने हो । वक्ताका रुपमा यूएनले राख्यो । मैले दुई वटा सेसनमा बोल्नुपर्ने कार्यतालिका राखिएको थियो । तर भिसा दिइएन । भिसा नदिइएका कारण त्यो कार्यक्रम रद्द गर्नुप¥यो ।’

अमेरिकी सरकारले भिसा नदिने भएपछि उपप्रधानमन्त्री यादवले परराष्ट्र मन्त्रालयमार्फत् पुनः एकपटक प्रयास गरे । तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीदेखि सचिव शंकरदास बैरागी र बरिष्ठ सहसचिव भरतराज पौडेल पनि अमेरिकामा गएका कारण भिसानोट लेख्न निमित्त सचिवले आँट गर्नसकेनन् ।
सेप्टेम्बर २६ मा क्षयरोग र २७ मा नसर्ने रोगहरुका बारेमा कार्यक्रम राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका