बलात्कारी जोगाउन गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीमा



हाम्रो इकोनोमि

 

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।

 

महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको हो । गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो।

 

त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए।

 

त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ। सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको आजको नागरिक दैनिकले लेखेको छ ।

 

समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन्। समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

पटाका बरामद

प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ ।

 

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

यात्रु सहायता कक्ष सञ्चालन 

दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजगर गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ मा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सगरमाथा बस व्यवसायी सङ्घले लहान–१ मारुती होटल नजिक यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।

 

चाडपर्वको समयमा यात्रुलाई ठगीमा पर्न नदिन र सहजरूपमा यातायात व्यवस्था मिलाउन यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरिक्षक खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...