छोरीलाई गर्भवती बनाएर भागेका बाबु पक्राउ



हाम्रो इकोनोमि

झट्केली छोरीलाई लगातार करणी गरी गर्भवती बनाई भागेका एक सानो बाबु एक वर्षपछि पक्राउ परेका छन् ।

 

झट्केली छोरीको पेटमा गर्भ बोकाएर फरार लालीगुरास नगरपालिका–३ का शंकर थापा काठमाडौंस्थित गौशाला क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तेह«थुमले बलात्कारमा संलग्न रहेको अभियोगमा विभिन्न ब्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले २ महिनाको अबधिमा बिभिन्न कसुर गरेर फरार रहेका ११ जना अभियुक्तलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा आठराई गाउँपालिका–६ चुहानडाडा बस्ने निश्चल मोक्तान, मोरङ कानेपोखरी गाउँपालिका–५ वयरबनका दिपेश कार्की र फेदाप गाउपालिका–१ सिम्लेका अमर बहादुर लिम्बु रहेका छन् ।

बिभिन्न स्थानमा लुकिछिपी बसेका अभियुक्तहरुलाई प्रदेश नं. १ प्रहरी र सिआईबीको बिषेश सहयोगमा पक्राउ गर्न सफल भएको तेह«थुमका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै चोरी मुद्धामा ५ बर्ष अघि फैसला भई फरार रहेका आठराई गाउपालिका–१ थोक्लुङ बस्ने जय नारायाण चौलागाई, सार्बजनीक अपराध मुद्धामा २ बर्ष अघि फैसला भई फरार रहेका फेदाप गाउपालिका–५ का भिम बहादुर कार्की पनि पक्राउ परेका छन् ।

बालबिबाह मुद्धामा फरार म्याङलुङ नगरपालिका–६ बस्ने लक्ष्मण सिवा, बहुबिबाह अभियोगका आठराई गाउपालिका–३ का कृष्ण बहादुर गुरुङलाई पक्राउ गरिएको सार्बजनिक गरेको छ ।

यस्तै कुटपिट गरेको अभियोगमा छथर गाउपालिका–५ ओख्रेका टंकबहादुर भण्डारी, कुटपिटकै म्याङलुङ–१ का लाक्पा शेर्पा र दावा शेर्पा, कर्तब्य ज्यान मुद्धामा ७ बर्षअघि फैसला भई फरार आठराई गाउँपालिका–४ का डबल घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...