छोरीलाई गर्भवती बनाएर भागेका बाबु पक्राउ



हाम्रो इकोनोमि

झट्केली छोरीलाई लगातार करणी गरी गर्भवती बनाई भागेका एक सानो बाबु एक वर्षपछि पक्राउ परेका छन् ।

 

झट्केली छोरीको पेटमा गर्भ बोकाएर फरार लालीगुरास नगरपालिका–३ का शंकर थापा काठमाडौंस्थित गौशाला क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तेह«थुमले बलात्कारमा संलग्न रहेको अभियोगमा विभिन्न ब्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले २ महिनाको अबधिमा बिभिन्न कसुर गरेर फरार रहेका ११ जना अभियुक्तलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा आठराई गाउँपालिका–६ चुहानडाडा बस्ने निश्चल मोक्तान, मोरङ कानेपोखरी गाउँपालिका–५ वयरबनका दिपेश कार्की र फेदाप गाउपालिका–१ सिम्लेका अमर बहादुर लिम्बु रहेका छन् ।

बिभिन्न स्थानमा लुकिछिपी बसेका अभियुक्तहरुलाई प्रदेश नं. १ प्रहरी र सिआईबीको बिषेश सहयोगमा पक्राउ गर्न सफल भएको तेह«थुमका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै चोरी मुद्धामा ५ बर्ष अघि फैसला भई फरार रहेका आठराई गाउपालिका–१ थोक्लुङ बस्ने जय नारायाण चौलागाई, सार्बजनीक अपराध मुद्धामा २ बर्ष अघि फैसला भई फरार रहेका फेदाप गाउपालिका–५ का भिम बहादुर कार्की पनि पक्राउ परेका छन् ।

बालबिबाह मुद्धामा फरार म्याङलुङ नगरपालिका–६ बस्ने लक्ष्मण सिवा, बहुबिबाह अभियोगका आठराई गाउपालिका–३ का कृष्ण बहादुर गुरुङलाई पक्राउ गरिएको सार्बजनिक गरेको छ ।

यस्तै कुटपिट गरेको अभियोगमा छथर गाउपालिका–५ ओख्रेका टंकबहादुर भण्डारी, कुटपिटकै म्याङलुङ–१ का लाक्पा शेर्पा र दावा शेर्पा, कर्तब्य ज्यान मुद्धामा ७ बर्षअघि फैसला भई फरार आठराई गाउँपालिका–४ का डबल घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...