थापाथली अस्पतालका लागि कुपण्डोलमा बन्यो २८ करोडको भवन, टेस्ट्युब बेबी सेवा सञ्चालनमा आउने



हाम्रो इकोनोमि

 

 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका लागि ललितपुरको कुपण्डोलमा नयाँ भवन तयार भएको छ ।

 

अस्पतालले टेस्ट्युब बेबी सेवा सञ्चालनका लागि तीन वर्षअघि कुपण्डोलमा भवन निर्माण गर्न थालेको थियो । २८ करोड बजेटमा निर्माण भएको भवनको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ ।

 

भवन हस्तान्तरणको प्रक्रियामा रहेको अस्पतालका निर्देशक जागेश्वर गौतमले बताए । नयाँ भवनबाट टेस्ट्युब बेबी सेवा सञ्चालन गर्ने प्रसूति गृहको तयारी छ ।

 

‘हामीले टेस्ट्युब बेबी सेवा सञ्चालनका लागि कुपण्डोलमा २८ करोडको लगानीमा नयाँ भवन बनाएका छौं । भवन निर्माण भइसकेको छ, तर ह्यान्डओभर हुन बाँकी छ,’ डा. गौतमले लोकान्तरसँग भने ।

 

सो भवनमा टेस्ट्युब बेबी सेवाका अलावा नर्सिङको पढाइ पनि हुने डा. गौतमले जानकारी दिए । यसअघि अस्पतालले थापाथलीमा रहेको अस्पतालबाट सो सेवा दिँदै आएको छ ।

 

प्रसूति गृहले भूकम्पबाट क्षती भएको अस्पतालको ठाउँमा नयाँ भवन बनाइरहेको छ । जाप्निज सहयोग नियोग (जाईका)को सहयोगमा १ अर्ब २३ करोडको लागतमा निर्माण भइरहेको उक्त भवनमा १ सय ६६ शय्या हुनेछ ।

 

सात महिनाअघि निर्माण शुरू भएको उक्त भवन फ्रेबुअरी महिनामा निर्माण सकिने डा. गौतमले बताए ।

 

ती भवनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालको सेवामा गुणस्तर बढ्ने उनको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...