दशैंमा घर–डेरा छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस्



हाम्रो इकोनोमि

 

 

महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ ।

 

सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा योजना सार्वजनिक गर्दै ललितपुर प्रहरीले त्यस्तो आह्वान गरेको हो ।

 

‘चाडपर्वमा हुने चोरी, लुटपाट तथा वित्तिय क्षेत्रमा हुने अपराधलाई हामीले मुख्य चुनौतिको रुपमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले भने, ‘त्यसैले ललितपुरबाट घर–डेरा छाडेर जानेहरुलाई हाम्रा युनिटहरुमा त्यसबारे सूचना दिन आग्रह गरेका छौं, त्यसबाट हामीलाई चोरी नियन्त्रण गर्न सहज हुन्छ ।’

 

विभिन्न १० वटा सेक्टर छुट्याएर दशैं–तिहारको सुरक्षा योजना सार्वजनिक गरेको ललितपुर प्रहरीले जुवातास नियन्त्रणका लागी छुट्टै सादा पोशाकको प्रहरी टिम स्ट्याण्डबाई राख्ने भएको छ । सादा पोशाकका प्रहरीलाई सुचना संकलनका लागी खटाईने जानकारी दिँदै एसपी खनालले भने, ‘जुवा नियन्त्रणमा हामी निर्मम तरिकाले प्रस्तुत हुन्छौं, त्यसका लागी ठुलो टिम परिचालन गरेका छौं ।’

 

लतिलपुरका विभिन्न ३१ स्थानमा पैदल गस्ती गर्ने योजना बनाएको ललितपुर परिसरले चोरी, लुटपाट हुने स्थानको पहिचान गर्दै त्यस्ता स्थानलाई विशेष निगरानीमा राखेको जनाएको छ ।

 

‘बैंक तथा वित्तीय संस्थाहरुमा लुटपाटका घटना हुनसक्छ त्यस्ता स्थानहरुलाई हामी २४ सै घण्टा निगरानीमा गर्छौं’ एसपी खनालले भने, ‘सुनचाँदी पसलमा हुनसक्ने सम्भाव्य लुटपाटका अपराध नियन्त्रण गर्न हामीले छुट्टै टोली परिचालन गरेका छौं ।’

 

जिल्लाका विभिन्न २९ स्थानमा पिकेट, १३ ओटा मोवाइल टोली, १६ स्थानमा सिआरभी भ्यान र ३३ ओटा हतियारसहितको क्युआरटी मोटरसाइकल परिचालन गरिएको छ । मठ–मन्दिरहरुमा जाँदा चेन स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै त्यस्ता स्थानहरुमा निगरानी बढाइने बताइएको छ ।

 

‘चाडपर्व सुरक्षालाई विशेष ध्यान दिँदै हामीले कुल १ हजार ९७ प्रहरी कर्मचारी परिचालन गरेका छौं’ प्रवक्ता एसपी खनालले भने, ‘सुरक्षा योजनाअनुसार विभाजन गरिएको सेक्टरमा हाम्रा प्रहरी कर्मचारी २४ सै घण्टा तैनाथ रहन्छन् ।’

 

सादा पोशाकमा २१ ओटा टिम परिचालिन गर्नेगरी योजना बनाएको ललितपुर प्रहरीले मापसे गरी हो–होल्ला गर्ने र झै–झगडा गुण्डागर्दी गर्ने तथा अतिबासी पटाकाहरु पड्काउनेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउने जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...