भीम रावलको दाबी : सुदूरपश्चिमको राजधानीमा कांग्रेसको पनि सहमति छ



 

 

सुदूरपश्चिम प्रदेशको राजधानी विवादबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख खोलेको छ । संघ र प्रदेश दुवैतिर दुई तिहाई बहुमतको सरकार चलाइरहेको नेकपाले प्रदेश राजधानी गोदावरी तोक्ने निर्णयको बचाउ गरेको छ ।

नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावलले कांग्रेसको पनि सहमतिमा गोदावरीमा राजधानी प्रस्ताव गरिएको बताए । आफ्ना सभापति शेरवहादुर देउवाको निर्णयको बचाउका लागि मात्र कांग्रेसले विरोध गरेको हुनसक्ने उनको दाबी छ ।

प्रदेश कमिटी बैठकपछि पूर्वमन्त्री रावलले अनलाइनखबरसँग भने, ‘देउवा सरकारले धनगढी अस्थायी राजधानी तोकेकाले आफ्नो सभापतिको निर्णयको बचाउ गर्न खोजिएको होला । तर, गोदावरी राजधानी प्रस्ताव गर्दा कांग्रेसको पनि सहमतिमै गरिएको हो ।’

गोदावरी राजधानीको विरोध गर्न अन्य राजनीतिक एजेण्डा नभएपछि वन र बाघको चिन्ता गर्न थालेको आरोप लगाए । उनले गोदावरीमा प्रदेश राजधानी तोकिएको स्थानमा एउटा पनि सालको रुख नरहेको र बाघ होइन, कुनै जंगली जनावरको ओहोरदोहोर नहुने दावी गरे ।

रावलले राजधानी तोकिएको ठाउँमा बुट्यानहरुमात्र रहेको तथा बाघ हिँड्ने भनिएको ठाउँमा गाउँबस्ती, हनुमान मन्दिर, सेनाको ब्यारेक र खोला रहेको उनको दाबी छद्ध । राजनीतिक रुपमा विरोध सकिएपछि हुँदै नभएको जंगल र बाघको बाटो खोज्न थालिएको रावलको आरोप छ ।

नेकपा नेता रावलले भने- कुन चाहिँ बुझक्कडले बाघ हिँड्ने बाटो मासिने भयो भनेर चिन्ता गरेको पढ्दा हामीलाई हाँसो लाग्छ । पूर्वपट्टी तेघरी ब्यारेक छ, उत्तरपट्टी गोदावरी बजार छ र पञ्चायतकालमा हेवी इक्वीपमेन्टको ठूलो कार्यालय थियो । अहिले पनि सडकको कार्यालय र घरहरु छन् ।’

‘सडकको यता गाउँ छ र गाउँदेखि यता ठूलो हनुमानको मन्दिर र धर्मशाला छ, जहाँ दैनिक पूजापाठ हुन्छ । अब बाघ हिड्नलाई ब्यारेकभित्र सेनाले ढोका खोल्छ कि गाउँबाट हिड्छ ?’

सुदूरपश्चिम प्रदेशको राजधानीका सन्दर्भमा भ्रम फिँजाउन खोजिएको भन्दै नेकपाका प्रदेश इन्चार्ज रावलले एउटा पनि रुख नकाटिने र वन्यजन्तुको बाटोमा राजधानी नपर्ने बताए ।

रावलले कांग्रेसको सहमति रहेको दावी गरे पनि प्रदेशसभामा प्रदेश राजधानी र नामको विषयमा मतदान हुँदा कांग्रेस सांसदहरुले बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्