भीम रावलको दाबी : सुदूरपश्चिमको राजधानीमा कांग्रेसको पनि सहमति छ



हाम्रो इकोनोमि

 

 

सुदूरपश्चिम प्रदेशको राजधानी विवादबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख खोलेको छ । संघ र प्रदेश दुवैतिर दुई तिहाई बहुमतको सरकार चलाइरहेको नेकपाले प्रदेश राजधानी गोदावरी तोक्ने निर्णयको बचाउ गरेको छ ।

नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावलले कांग्रेसको पनि सहमतिमा गोदावरीमा राजधानी प्रस्ताव गरिएको बताए । आफ्ना सभापति शेरवहादुर देउवाको निर्णयको बचाउका लागि मात्र कांग्रेसले विरोध गरेको हुनसक्ने उनको दाबी छ ।

प्रदेश कमिटी बैठकपछि पूर्वमन्त्री रावलले अनलाइनखबरसँग भने, ‘देउवा सरकारले धनगढी अस्थायी राजधानी तोकेकाले आफ्नो सभापतिको निर्णयको बचाउ गर्न खोजिएको होला । तर, गोदावरी राजधानी प्रस्ताव गर्दा कांग्रेसको पनि सहमतिमै गरिएको हो ।’

गोदावरी राजधानीको विरोध गर्न अन्य राजनीतिक एजेण्डा नभएपछि वन र बाघको चिन्ता गर्न थालेको आरोप लगाए । उनले गोदावरीमा प्रदेश राजधानी तोकिएको स्थानमा एउटा पनि सालको रुख नरहेको र बाघ होइन, कुनै जंगली जनावरको ओहोरदोहोर नहुने दावी गरे ।

रावलले राजधानी तोकिएको ठाउँमा बुट्यानहरुमात्र रहेको तथा बाघ हिँड्ने भनिएको ठाउँमा गाउँबस्ती, हनुमान मन्दिर, सेनाको ब्यारेक र खोला रहेको उनको दाबी छद्ध । राजनीतिक रुपमा विरोध सकिएपछि हुँदै नभएको जंगल र बाघको बाटो खोज्न थालिएको रावलको आरोप छ ।

नेकपा नेता रावलले भने- कुन चाहिँ बुझक्कडले बाघ हिँड्ने बाटो मासिने भयो भनेर चिन्ता गरेको पढ्दा हामीलाई हाँसो लाग्छ । पूर्वपट्टी तेघरी ब्यारेक छ, उत्तरपट्टी गोदावरी बजार छ र पञ्चायतकालमा हेवी इक्वीपमेन्टको ठूलो कार्यालय थियो । अहिले पनि सडकको कार्यालय र घरहरु छन् ।’

‘सडकको यता गाउँ छ र गाउँदेखि यता ठूलो हनुमानको मन्दिर र धर्मशाला छ, जहाँ दैनिक पूजापाठ हुन्छ । अब बाघ हिड्नलाई ब्यारेकभित्र सेनाले ढोका खोल्छ कि गाउँबाट हिड्छ ?’

सुदूरपश्चिम प्रदेशको राजधानीका सन्दर्भमा भ्रम फिँजाउन खोजिएको भन्दै नेकपाका प्रदेश इन्चार्ज रावलले एउटा पनि रुख नकाटिने र वन्यजन्तुको बाटोमा राजधानी नपर्ने बताए ।

रावलले कांग्रेसको सहमति रहेको दावी गरे पनि प्रदेशसभामा प्रदेश राजधानी र नामको विषयमा मतदान हुँदा कांग्रेस सांसदहरुले बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...