भारतमा पेट्रोलको भाउ ह्वातै बढ्यो, नेपालका उपभोक्तामा थपियो चिन्ता



हाम्रो इकोनोमि

 

 

भारतमा पेट्रोलको भाउ ह्वातै बढेको छ । भारतीयले अब एक लिटर पेट्राल किन्न ९१ भारु खर्च गर्नुपर्ने भएको छ ।

 

भारतको वित्तीय राजधानी मुम्बइमा पेट्रोलको भाउ बढेर लिटरको ९१ भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतमा पेट्रोलको भाउ बढेपछि नेपालमा समेत यसको असर देखिएको छ । पेट्रोलका लागि भारतको भर पर्नुपर्ने नेपालका उपभोक्ता यसको असर नेपालमा पनि देखिने हो कि भन्ने चिन्तामा परेका छन् ।

 

भारतमा दैनिक पेट्रोलियमको भाउ बढ्दै गएको छ । पेट्रोलको भाउ राजधानी दिल्लीमा ८३.४९, कोलकतामा ८५.३० र चेन्नाइमा ८६.८० पुगेको छ । यस्तै आइतबार डिजेलको भाउ बढेर दिल्लीमा ७४.७९, कोलकतामा ७६.७४, मुम्बइमा ७९.४० र चेन्नाइमा ७९ भारु पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेर व्यारेलको ८३ डलर पुगेको छ ।

 

भारतमा दिनहु पेट्रोलियम पदार्थको भाउ बढेकाले यसको असर नेपाली बजारमा पनि पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डिन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम खरिद गर्दै आएको छ । भारतमा महंगो भएपछि नेपाली पनि थप भाउ बढ्ने छ । असोजमा मात्रै २ पटक पेट्रोलियमको भाउ बढेको छ ।

 

नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । पेट्रोलियम पदार्थ महंगिदा ढुवानी लागतमा वृद्धि भई यसको असर बजार भाउमा पर्ने छ । नेपालमा पेट्रोलको भाउ प्रतिलिटर ११४ र डिजेलको १०१ रुपैयाँ छ ।

 

यता विश्लेषकहरुले कच्चा तेलको भाउ बढेर व्यारेलको १०० डलर पुग्ने अनुमान गरेका छन् । अमेरिकी डलर मजवुत भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ उकालो लाग्दै आएको छ । सन २०१४ मा पेट्रोलियमको भाउ बढेर व्यारेलको १०० डलर पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...