निर्मला हत्या प्रकरण : प्रमाण ‘लगभग नष्ट’ भइसकेकाले थरी-थरी कुरा, ‘घरी सेना, घरी प्रहरी’



हाम्रो इकोनोमि

 

निर्मला हत्या प्रकरणको अनुसन्धानमा जटिलता माथि जटिलता थपिएको छ । निर्मलाको खोजीबाट सुरु भएको प्रहरी लापर्वाही सेनाका मान्छेलाई केरकार गर्दासम्म जारी छ । हावा नचली पात हल्दिैन भन्ने नेपालीमा एउटा भनाई छ । तर, त्यसैलाई केहीले रुखको फेदमा बसेर पनि कहिले काँही पात हल्लाउन सकिन्छ भनी तर्क गर्छन् ।

 

तर, निर्मला हत्याका सन्दर्भमा अनेक संशय रहेका कारण फेदमा बसेर पात हल्लाउनेले सेनाका मान्छेलाई केही समयका लागि नियन्त्रणमा लिइएको विषय बाहिर चुहाएको होलान् भन्ने कुरा मान्न सकिँदैन ।

 

अनुसन्धानमा खटिएको प्रहरी, सरकारले बनाएको उच्चस्तरीय छानविन समितिले नै घटनाक्रमबारे यही नै हो भन्न सकेन, दुई थरी कुरा ल्याइदियो । गृहमन्त्रीले प्रतिनिधिसभामै निर्मला हत्याबारे बोल्दै ति बलात्कारीहरु, ति हत्याराहरु कानूनको दायरामा आउनेमा विश्वस्त छौँ, भनि प्रतिवेदनमा लेखिएको बताएसँगै निर्मला हत्यामा समूह नै छ भन्ने प्रष्ट संकेत देखिन्छ ।

 

तर, अहिलेपनि दुई थरी कुरा आइरहेका छन् । एक जना अधिकारकर्मीका अनुसार निर्मला बलात्कार र हत्याबारेका प्रमाण लगभग नष्ट भइसकेकाले धेरै थरी कुरा आएका हुन् । एकथरीले एक हप्ताअघि प्रहरीले सेनाका मान्छेलाई नियन्त्रणमा लिएको भन्छ । तर, अनुसन्धानमा संलग्नहरुले त्यस्तो घटना जानकारीमै छैन, भन्दछन् । जे भएपनि कुरा खुल्दै जाला ।

 

तर, यो बिचमा एउटा कुरा जानकारीमा आएको छ : घटना अनुसन्धानको पहिलो दायित्व भएको कञ्चनपुर प्रहरीको नयाँ र पुराना अनुसन्धान अधिकृतको टोलीले अहिलेसम्म झण्डै साढे २ सय जनालाई सोधपुछ गरेको छ ।

 

तर, प्रहरीले सबै काम अन्धाधुन्ध गरेको छ । प्रहरीले त्यसमा कोही सेनाका मान्छे परे होलान् र ?, भनी गैर जिम्मेवार तर्क गर्छ । घटनाबारे सोध्नेलाई प्रहरीले हिरासतमा गएरै हेरे, भैगो नि ! कसलाई पक्रिएको छ भनेर, समेत भन्यो ।

 

यति धेरैलाइ सोधेको भएपनि उपलब्धी शून्यप्राय छ । चार जनाको डीएनए परीक्षणको रिपोर्ट नगेटिभ आयो भनिएको छ । त्यो भन्दा बाहेक अनुसन्धानका नयाँ प्रगति केही सुनिएका छैनन् । उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सरकारले थन्काएको छ ।

 

सेनाको मान्छेलाई नियन्त्रणमा लिंदा पत्राचार गर्नु पर्छ ! 
अनुसन्धानका क्रममा सेनाका मान्छेलाई पनि सोध्न सकिने ठाउँ रहन्छ । यस्तै, अन्य घटनाक्रममा सेनाले आफ्नै विभागीय अनुसन्धान गरे पनि हत्या जस्तो जघन्य अपराधमा बाहिर पनि अनुसन्धान हुन्छ ।

 

तर, त्यसका लागि सेनालाई पत्राचार हुनुपर्छ भन्नछन्, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा । कोही मान्छे नियन्त्रणमा लिएको भए हामीलाई जानकारी हुन्छ, उनले भने, ‘त्यसो त म नै कञ्चनपुरको प्रहरी प्रवक्ता हुँ ।’

 

केन्द्रका प्रहरी प्रवक्ता शैलेन्द्र थापा क्षेत्रीले अनुसन्धान गर्दै जाँदा प्रहरीले नियन्त्रणमा लिन सक्छ, तर अहिले कोही पक्राउ परेको भन्ने जानकारी हामीलाई छैन, भने । उनले भने, ‘उच्चस्तरीय छानविन समितिले नजिक व्यारेक रहेकाले छानविन गर्न सकिने कुरा सुझाएको थियो । तर, अनुसन्धानको दायरामै ल्याइएको भए पनि थाहा हुनु पर्ने हो ।’

 

हेडक्वार्टरले दिनमा ३ पल्ट सूचना माग्छ 
प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीसँग निर्मला हत्याको घटनाबारे दिनमा ३ पटक सूचना मागिरहेको छ । तर, अनुसन्धानका क्रममा भएका पछिल्ला केही जानकारी केन्द्रसम्म आएका छैनन् ।

 

महिला एसपी दुर्गा सिंहको टोलीले गरेको अनुसन्धानबारे पनि कुनै कुरा आएको छैन । त्यस्तै, कञ्चनपुरमा गोली चलेलगत्तै केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली समेत के गरिरहेको छ, भन्ने जानकारी आएको छैन ।

 

निर्मलाको घर नजिकैको अस्थायी प्रहरी पोष्टलाई महत्व नै दिइएको छैन । पहिले तत्कालीन एसपीले अस्थायी प्रहरी पोष्टका इन्चार्ज रामसिंह धामीको सातो लिइहाले । धामी पनि अहिले निलम्बनमा छन् । उनको ठाउँमा अर्का असई खटिएका छन्, तर उनलाई पहिलेको घटनाक्रमबारे केही जानकारी छैन ।

 

जवान बाहेक सबै नयाँ 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी जवान बाहेक सबै पदमा नयाँ अधिकारीहरु खटिएका छन् । स्रोतले भन्यो–हवल्दारदेखि माथिका पूराना सबै काठमाडौँ पुगेका छन् । सबै नयाँ छन् । एकै पल्ट लगभग १५–१६ जना आएका थिए ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...