डाइरेक्टरबाट कर्मचारी माथि कार्यकक्षमै दुर्ब्यबहार



 

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले आफ्नै कर्मचारीलाई दुर्ब्यहार गरेका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर साहले प्रतिष्ठानको कम्युटर शाखामा कम्प्युटर अधिकृतका रुपमा २५ वर्षदेखि कार्यरत कर्मचारी संजिव कर्णलाई आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गर्दै हातपात समेत गर्न तम्सिएको पिडीत संजिव कर्णले बताए ।

 

आइतबार बेलुकी कार्यालय समय पश्चात करिब ५ः१५ बजेतिर अस्पताल निर्देशकको कार्यकक्षमा बोलाएर प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार र मुल्यांकन समितिका सदस्य तथा सहायक अस्पताल निर्देशक समेत रहेका डा. विकास साह समेतको उपस्थितिमा मनपरी गाली गलौज गरी दुर्ब्यहार गरेको कर्मचारी कर्णले मकालु खबरलाई फोन सम्पर्कमा भने ।

 

‘मलाई केहि कुरा गर्न भनेर बोलाउनु भयो, अस्पताल निर्देशक जस्तो ब्यक्तिले बोलाएपछि नजाने कुरा भएन, म जाँदा उपकूलपति ज्यू, सहायक अस्पाताल निर्देशक तथा मुल्यांकन समितिका सदस्य डा. विकास साह र कर्मचारी कल्याण मञ्चका अध्यक्ष सुजेन्द्र तामाङ पनि हुनुहुन्थ्यो ।’ उनले मकालु खबरसँग फोन संम्पर्कमा भने–‘त्यसपछि एक्कासी डाइरेक्टर ज्यूले मलाई छानविन समितिलाई किन सहयोग गरिस ? भन्दै मनपरी भन्दै गाली गलौज गर्नुभयो ।’

 

कर्णले अस्पताल निर्देशक साहले स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकूलपति उपेन्द्र यादवले गठन गरेको छानविन समितिलाई अनुसन्धानमा सहयोग गरेको भन्दै आफुलाई दुर्ब्यहार गरेको जिकिर गरेका छन् ।

 

‘उपकुलपति र अस्पताल निर्देशक ज्यूले मलाई छानविन समितिलाई किन सहयोग गरिस्, त्यो रजिष्ट्रार (तुलबहादुर श्रेष्ठ) पनि बच्दैन, रेक्टर (डा. गुरु खनाल) पनि बच्दैन, त्यो स्वास्थ्य मन्त्री त हाम्रा लागि केहि हैन । भनेर आमचकारी गाली गर्नुभो ।’ उनले भने ।

 

आफुलाई हात हाल्न अस्पताल निर्देशक नै उठेर आएपछि कर्मचारी कल्याण मञ्चका अध्यक्ष सुजेन्द्र तामाङले अस्पताल निर्देशकको दुई हात समातेर ‘त्यसो गर्न हुन्न’ भन्दै रोकेको कर्णले जिकिर गरेका छन् । ‘डाइरेक्टर ज्यू नै उठेर मलाई हातपात गर्न आउँदा कर्मचारी कल्याण मञ्चको अध्यक्षले रोक्नु भयो, नत्र मलाई आज त्यहाँ जे पनि हुने रहेछ ।’ उनले भने ।

 

कर्णले आफुलाई छानविन समितिका सदस्य तथा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले प्रशासनिक कामका लागि कार्यकक्षमा बोलाउँदा अस्पताल निर्देशकले गलत आरोप लगाएको बताए । ‘प्रतिष्ठानको कर्मचारी ब्यवस्थापन गर्ने भनेको रजिष्ट्रारले हो, उहाँ छानविन समितिमा रहेपनि उहाँले अह्राएको काम गर्नु हाम्रो कर्तब्य हो । त्यहिँ काम गर्दा आज दुब्र्यहार भोग्नुपर्यो ।’ उनले भने ।

 

उनले उपकूलपतिले समेत आफुलाई ‘तँ रजिष्ट्रारले अर्हाएको काम किन गर्छस ?’ भन्दै हकारेको जिकिर गरे । पिडीत कर्णले आफु माथि भएको दुर्ब्यहारको विषयमा कर्मचारी कल्याण समाजमा कुरा लैजाने बताउँदै अहिले आफुलाई ज्यानको नै असुरक्षा भएको बताए ।

 

‘२५ वर्षदेखि काम गर्दैछु, यसरी मलाई कहिल्लै दुर्ब्यहार भएको थिएन्, मैले यहाँ रहेर प्रतिष्ठानको इज्जतमा आँच आउने काम गरेको पनि छैन, आज नचाहिँदो कुरामा मलाई मनपरी बोल्दै मलाई मानसिक टर्चर दिने काम भयो ।’ उनले भने–‘यो घटनाले मेरो ज्यान पनि सुरक्षित छैन भन्ने भएको छ । भोली (सोमबार) कर्मचारी कल्याण समाजका पदाधिकारीसँग सल्लाह गरेर ज्यान सुरक्षाको लागि प्रहरी प्रशासन कहाँ जान्छु ।’

 

यस विषयमा प्रत्यक्षदर्शी सहायक अस्पताल निर्देशक तथा मुल्यांकन समितिका सदस्य डा. विकास साहलाई जानकारी लिन सम्पर्क गर्दा उनले केहि बताउन चाहेनन् । ‘म अहिले बच्चा खेलाउँदै छु, मलाई थाहा छैन ।’ भन्दै साहले फोन काटि दिए । भने, अस्पताल निर्देशक डा. गौरिशंकर साहलाई उनको मोवाइल नं. ९८५२०५६८६४ मा बारम्बार फोन गर्दा उनले फोन रिसिभ गरेनन् । घटनाका एक प्रत्यक्षदर्शीले डाइरेक्टरले संजिव कर्ण माथि गालीगलौज गरेको स्वीकार गर्दै भने–‘छानविन समितिमा किन गइस भनेर डाइरेक्टर सरले गाली गर्नुभएको हो ।’ उनले भने ।

 

पछिल्लो समय प्रतिष्ठानमा भएका भ्रष्टाचारका विषयमा छानविन गर्न स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकूलपति उपेन्द्र यादवको संयोजकत्वमा छानविन समिति बनेको छ । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर डा. गुरु खनाल सदस्य रहेको छानविन समितिले पदाधिकारीले गरेका निर्णय र काम कारवाहीका सम्बन्धमा आवश्यक सत्यतथ्य संकलन गरी प्रतिवेदन बुझाउने छ । समितिले आज (सोमबार) प्रतिवेदन बुझाउने गरी काम गरीरहेको छ ।

 

त्यसअघि नै प्रधानमन्त्री कार्यालयबाटै डा. केदारबहादुर अधिकारीको संयोजकत्वमा शक्तिशाली छानविन समिति गठन गरेर त्यसले करिब दुई महिना लगाएर अनुसन्धान गर्दै पदाधिकारीले प्रतिष्ठानमा पदीय मर्यादा बाहिर गएर मनपरी गरेको भन्दै प्रधानमन्त्रीलाई समेत प्रतिवेदन बुझाएको छ ।

 

प्रतिष्ठानमा विगत डेढ वर्षदेखि पदाधिकारीले मनपरी गर्दै आएका छन् । पदाधिकारीहरुलाई प्रतिष्ठानको सेवा र गुणस्तर सुधार्न भन्दापनि विभिन्न भवन निर्माण र उपकरण खरिदमा ब्यापारी र ठेकेदारसँग प्रत्यक्ष साँठगाँठ गर्दै भ्रष्टाचार गर्दै आइरहेको आरोप छ ।

 

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतिष्ठानले खरिद गर्न खोजेको एमआरआई १.५ टेस्ला उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको, अंकोलोजी र कार्डियोलोजी भवन निर्माणका लागि लागत इष्टिमेटमा चलनचल्ती भन्दा बढि रकम दिएको, पीजी इन्ट्रान्स परीक्षामा चलखेल गरेको, कर्मचारी भर्ना तथा प्रतिष्ठानमा अत्यावश्यक औषधी उपकरण खरिदमा टेण्डर गर्दै रद्द गर्ने अनी ठेकेदार र सप्लायर्ससँग वार्गेनिङ्ग गर्ने गरेको भन्दै प्रतिष्ठानका महत्वपूर्ण फायलहरु कब्जा गरेर छानविन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्