आक्रमण हुन सक्ने भन्दै गौचन हत्याका योजनाकार बस्नेतलाई नक्खु कारागारबाट सारियो



हाम्रो इकोनोमि

 

 

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतको जेल सरुवा गरिएको छ ।

काठमाडौंस्थित नक्खु कारागारमा रहेका उनलाई सुरक्षाको कारण देखाउँदै गृह प्रशासनले कारागार सरुवा गरेको हो । गौचन हत्याको आरोपमा पुर्पक्षका लागि नख्खु कारागारको थुनामा रहेका बस्नेतलाई सोमबार मुस्ताङ कारागार सरुवा गरिएको हो ।

नख्खु कारागारका प्रमुख जेलर जीवन दुलालले विभागको पत्र आदेश अनुसार बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको जानकारी दिएका छन् । ‘विभागले पत्र पठाएपछि सरुवा गरिएको हो, बाँकी धेरै जानकारी उतै होला,’ उनले भने ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको २०७४ असोज २३ गते बिहान नयाँ बानेश्वरको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानमा बस्नेतको संलग्नतासहित कार्बाही अघि बढाएको हो । घटनाका मुख्य आरोपी मनोज पुन मगर प्रहरी मुठभेडमा मारिसकेका छन् । अन्य आधा दर्जन थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...