फेरि फेसबुकका ५ करोड प्रयोगकर्ताको डाटा चोरी, तपाईको सुरक्षित छ ?



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जाल फेसबुकको फेरि डाटा चोरी भएको छ । करीब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जानकारी गराएको छ ।

ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

‘भ्यू एज’ फेसबुकको लोकप्रिय फिचर हो । यसमार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टीमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’

फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सेस टोकन चोरी गरियो र युजर अकाउन्टलाई उनीहरुले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे ।

के हो एक्सेस टोकन ?
एक्सेस टोकन डिजिटल ‘की’ जस्तै हो । यसमार्फत् युजरलाई पटक– पटक लगइन गरिरहन आवश्यक पर्दैन । फोनमा एक पटक एप्लीकेसन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्दछ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकूल प्रयोग गर्न सक्दछ ।

ह्याकरले यसैको फाइदा उठाए । निजी कम्प्युटर वा ल्यापटपमा पनि धेरै व्यक्तिले फेसबुक लगइन गरेपछि फेरि लगआउट गर्दैनन् । प्रयोगकर्ताको यही गल्तीबाट ह्याकरले डाटा चोर्न सफल भए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...