पशुपतिमा अब सामान हराउने र गहना चोरीकाे हट्यो चिन्ता, शुरु भयो ‘लकर’ सुविधा



हाम्रो इकोनोमि

 

 

पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् ।

 

पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा शुरु गरेको हो । सेवाको शुरु गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मन्दिरदर्शन गर्न आउने भक्तजनलाई दिनभर यही क्षेत्रमा घुम्न सक्ने गरी आकर्षित बनाइनुपर्ने बताए ।

 

‘मन्दिर क्षेत्रमा पर्याप्त मात्रामा उद्यान, सरसफाइको व्यवस्था हुनुपर्छ, स्मार्ट शौचालय बनाइनुपर्छ, पशुपति क्षेत्रको मौलिकस्वरुप नबिग्रने गरी पुनर्निर्माण हुनुपर्छ’, उनले भने ।

 

यो सेवाको शुरुवात् भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाटमुक्ति पाउने छन् । यो सेवा उपयोग गरेबापत् भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । यो सेवा शुरु भएसँगै भक्तजनले अब मोबाइल, झोला, क्यामेरा जस्ता मन्दिर क्षेत्रभित्र निषेध गरिएका सामान लिएर जान पाउने छैनन् ।

 

सेवा शुरु गर्न बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गरे । लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ । जुत्ता चप्पल राख्ने स्थल पनि यहीं बनाइने कोषले जनाएको छ ।

 

विद्युतीय टेम्पो सेवा

 

पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारीसाधन निषेध गरेपछि अशक्त, वृद्धवृद्धालाई दर्शन गर्न जान समस्या भएकाले आजैदेखि दुई वटा विद्युतीय टेम्पो पनि सञ्चालनमा ल्याइएको छ । लक्ष्मी बैंकसँगको सहकार्यमा यो सेवा शुरु गरिएको कोषका सदस्य सचिव डा ढकालले जानकारी दिए ।
अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्नेछन् ।

 

सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए । सफा टेम्पो लक्ष्मी बैंकका पूर्व अध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रुपमा कोषलाई हस्तान्तरण गरेका थिए ।

 

मूल मन्दिर क्षेत्रमा भूकम्पले भत्किई पुनःनिर्माण सम्पन्न भएको कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर र घ्याम्पेपाटीको पनि आजै मन्त्री अधिकारीले शुभारम्भ गरे । भूकम्पले पशुपति क्षेत्रका ९५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।

 

क्षति भएकामध्ये हालसम्म १८ सम्पदा बनिसकेको छ भने २६ वटाको पुनःनिर्माण जारी रहेको कोषले जनाएको छ । विश्वरुपलगायत ठूला सम्पदा पुनःनिर्माणको बजेट व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग वार्ता भइरहेको सदस्य सचिव डा. ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...