जनकपुर उपमहानगरपालिकाकी उपमेयर नै हिंसापीडित



हाम्रो इकोनोमि

 

 

महिलामाथि हुने हिंसाका रुप साना ठुला र फरक फरक छन् । अधिकांश कामकाजी महिलाले कुनै न कुनै प्रकारका हिंसा कार्यक्षेत्रमा भोग्नु परिरहेको हुन्छ ।

 

साधारण महिलाको हकमा त हिंसा सामान्य भइरहेका बेला जनप्रतिनिधि पनि हिंसापीडित भएको सुन्दा पत्याउन गाह्रो पर्छ । जनताको मतले निर्वाचित भएकाले पनि कार्यक्षेत्रमा हिंसा भोग्नु परिरहेको पीडा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झाले पोखेकी छन् ।

 

जनमतबाट निर्वाचित भइसके पनि महिला भएकै कारण विभिन्न प्रकारका अपमानजनक टिप्पणी सहनु परेको कुरा झाले सार्वजनिक कार्यक्रममै सुनाइन् ।

 

क्रियाशिल महिला पत्रकार समाजले आइतबार जनकपुरमा गरेको ‘महिला हिंसा न्यूनीकरणमा सञ्चारको भूमिका’ अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपमेयर झाले भनिन्, ‘म जनताबाट निर्वाचित नेता हुँ । न्यायिक समितिको संयोजक पनि छु तर, म आफैं हिंसा भोग्न बाध्य भइरहेकी छु ।’

 

आफूमाथि भएको हिंसाको कुरा सुनाउने क्रममा उनले तरक्क आँसुसमेत झारिन् । ‘शनिबार उपमहानगरपालिकाले मैथिल महिलाको ब्रत जितियाको अवसरमा गरेको कार्यक्रममा सहभागी हुँदा  सुतीको रातो साडी लगाएको थिएँ ।

 

त्यही दिन राष्ट्रिय जनता पार्टीको बैठक पनि थियो’, उनले सुनाइन्, ‘तर बैठक भन्दा आफैँ आयोजक रहेको कार्यक्रम महत्वपूर्ण ठानेर सहभागी भएँ । त्यसक्रममा पार्टीकै एक पुरुष नेताले बोल्ने क्रममा मैले लगाएको साडीबारे निकै नकारात्मक टिप्पणी गरे ।’

 

आफू बैठकमा सहभागी नभएको बेलामा ती  नेताले आफ्नो पोशाबारेमा जथाभावी बोलेको सुनेर स्तब्ध भएको उनले बताइन् । ‘के महिलाले आफूले रोजेको लुगा लगाउन नपाउने हो ?’, उनको प्रश्न थियो, ‘मेरो लुगामाथि नकारात्मक टिप्पणी गर्ने ती नेताले सर्वसाधारण महिलामाथि कस्तो व्यवहार गर्लान् ? सजिलै बुझ्न सकिन्छ ।’

 

उपमेयर झाले महिला जनप्रतिनिधिलाई कार्यालयमासमेत सम्मान नरहेको बताउँदै कुनै निर्णय लिँदासमेत महत्व नदिने गरिएको गुनासो गरिन् ।

 

कार्यक्रमको अध्यक्षता गरेकी महिला सञ्चारकर्मी रिंकु गायत्री मिश्रले कार्यक्षेत्रमा हुने हिंसाले महिलाको कार्यक्षमतालाई प्रभावित गर्ने गरेको बताइन् । उनले भनिन्, ‘जनप्रतिनिधिमाथि नै यस्तो हिंसा र प्रताडना छ भने अन्य महिलाको अवस्था कल्पना गर्न पनि गाह्रो छ ।’

 

महिलामाथि भइरहेका हिंसा सामाजिक समस्य रहेको अधिवक्ता राजकुमार महासेठ बताउँछन् । ‘हाम्रो समाजमा महिलासँग मजाक गर्ने चलन नै बनाइएको छ । घरमा भाउजू, र साली जस्ता नातामा ‘मजाक’ गर्ने परिपाटी नै छ’, उनले भने, ‘यस्तो समस्याको निदान सामाजिकरुपमैै खोज्नु पर्ने जरुरी छ ।’

 

यदि कसैले अश्लिल व्यवहार र जिस्काउने नियतले टिप्पणी गर्यो भने त्यस्तविरुद्ध कानूनी उपचार खोज्नु पर्ने उनको भनाइ छ । महिलाहरुले आफूमाथि हुने हिंसामा सचेत भई समाधानको बाटो पहिल्याउनु पर्ने अधिवक्ता महासेठ बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...