विहे दर्ता र नागरिकता माग्दा यस्तो यातना ……….



 

स्वतः रुपमा पाउनु पर्ने अधिकारको खोजी गर्दा सप्तरीकी एक महिलाले चरम शारीरिक यातना खेप्नु परेको छ ।

 

 

विहे दर्ता गरिदिन र नागरिकता बनाई दिन आग्रह गर्दा पतिसहित परिवारका सबै सदस्यबाट कुटिएकी उनको अहिले उपचार भइरहेको छ ।

 

विवाह दर्ता र नागरिकता बनाई दिन आग्रह गर्दा पति, सासु र ससुराबाट निर्घात कुटिएकी सप्तरीकी प्रेमकला ठाकुरको अहिले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ ।

 

राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीय प्रेमकलालाई गत शनिवार राति ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजले कुटपिट गरेका थिए । कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ । शरीरभरी नै निलडाम छ ।

 

रुपनी गाउँपालिका–१ रायपुर माइती भएकी प्रेमकलाको ०७४ साल बैशाखमा मनोजसँग बिहे भएको थियो । चार लाख दाइजोसहित उनको बिबाहमा १२ लाख रुपैयाँ खर्च भएको प्रेमकलाका पिता मोहन ठाकुरले जानकारी दिएका छन् ।

 

बिहेपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको मोहनको भनाई छ । उनका अनुसार बिह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाई दिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले मानेका छैनन् ।

 

विगतमा कयौं पटक कुटपीट गर्दा आफू गएर स्थानीयस्तरमै जनप्रतिनिधि समेत राखेर सहमतिपछि छोरीको घर नबिग्रोस भनेर मुद्दातर्फ नगएको मोहनले बताएका छन् । पछिल्लो पटक शनिवार फेरि कुटपिटपछि छोरीलाई घरभित्रै थुनेर राखेको जानकारी पाएपछि आफू गएर उद्दार गरी उपचारका लागि अस्पताल ल्याएको मोहनको भनाई छ ।

 

‘पुरै शरीरभर निलडाम छ, शरीरका कुनै भाग कुटाईबाट छुटेको छैन’ मोहनले भने, ‘बासका भाटा समेतले कुटपिट गरिएको छ ।’ प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको मोहनले बताए ।

 

जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले नागरिकता बनाई दिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित भएको बताएका छन् ।

 

‘कुटपिटमा संल्गनलाई पक्राउ गर्न प्रहरी परिचालित छ, उनीहरु फेला पर्न सकेका छैनन्, घरवाट फरार छन्, अझै खोजी कार्य जारी छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्