दशैंमा यात्रु ओसार्न साझाले थप्यो २० बस, यात्रुलाई रिचार्ज कार्ड



हाम्रो इकोनोमि

 

 

 

यात्रुलाई आकर्षक अफरसहित साझादे दशैंमा यात्रु ओसार्न २० नयाँ बस थपेको छ ।

 

 

साझाको डिलक्स बसले मंगलबारदेखि नै दशैंका यात्रु बोक्ने भएको छ । मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा दिने जनाइएको छ । अहिले साझाका ४ डिलक्स बसले यात्रुलाई सुविधा दिइरहेका छन् ।

 

बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे बस छुट्ने साझाका प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । सुनौलीका लागि पुल्चोकबाट साढे ६, नयाँ बसपार्कबाट ७ तथा कलंकीबाट साढे ७ बजे छुट्नेछ।

 

काठमाडौंबाट बुटवलका लागि ६२० रुपैयाँ, भैरहवाका लागि ६७० तथा सुनौलीका लागि ६८० रुपैयाँ भाडादर तय गरिएको छ। दुई वटा बस काठमाडौं बाहिर जाँदा दुई बस भित्रिने गरी समय व्यवस्थापन गरिएको उनी बताउँछन् ।

 

यस्तै बागलुङका लागि ७३० रुपैयाँ तथा कुश्माका लागि ६६५ रुपैयाँ तोकिएको छ । यात्रुहरुका लागि अग्रिम टिकट भने २१ गतेदेखि मात्रै खुल्ने पाण्डेले बताएका छन् । सो दिनको ११ बजेदेखि पुल्चोकको काउन्टरबाट यात्रुहरुले अग्रिम टिकट काट्न सक्ने छन् ।

 

यी बसमा निशुल्क वाइफाई, मोबाइल चार्जको सुविधा, फोल्डिङ सिट, भिडियो प्लेयर लगायत सुविधा छन् । चालकसहित ४० सिट क्षमताका यी बस केही दिनअघि मात्रै साझाले काठमाडौं ल्याएको हो ।

 

साझाले दशैं–तिहारको उपलक्ष्यमा हरेक दिन ५ यात्रुलाई ५ सयको दरले रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । काठमाडौंमा चल्ने बसमा टिकट लिएका यात्रुमध्ये लक्की ड्रमार्फत ५ विजेता छनौट गरिने साझाले जनाएको छ ।

 

यस्तै साझा यातायातले थप २० सिटी बस थप्दैछ । भारतको चण्डीगढमा यी बसहरु तयार हुँदै गरेको पाण्डेले बताएका छन् । उनका अनुसार अबको ३ महिनाभित्र यी बसले काठमाडौंमा सेवा दिने छन् ।

 

थप २० बस थपिएपछि राजधानीबासीलाई यात्राका लागि सहजता हुने पाण्डे बताउँछन् । साझासँग सेमी लो फ्लोरसहित अहिले ४७ वटा सिटी बस तथा ४ वटा डिलक्स बस छन् । २० वटा शहरी बस थपिएपछि ७१ वटा सिटी बस पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...