नारायणकाजीले भने, यो सरकारको बिकल्पको कल्पना गर्नु पनि गलत



 

 

नेकपा नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बिकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा नभएको प्रष्ट पार्नुभएको छ ।

 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन प्रधानमन्त्री न्युर्योकमा रहेका बेला बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा काठमाडौं अनौपचारिक भेटवार्तापछि श्रेष्ठको यो धारणा आएको हो । बरिष्ठ नेता नेपालले असोज ११ गते संसदमा देश डुब्न लागेको भन्दै सरकारप्रति असन्तुष्टी राख्नुभएको थियोभने भोलिपल्ट स्थायी समितिको अनौपचारिक भेला गर्नुभएको थियो ।

 

नेता श्रेष्ठले भने पार्टीको सामान्य बिषयमा भएको छलफललाई अतिरञ्जित ढँगले प्रचार गर्नुको कुनै अर्थ नरहेको बताउँदै सरकारको बिकल्पवारे सोच्न नसकिने प्रष्ट पार्नुभएको हो ।

 

‘हाम्रो पार्टीको सामान्य बिषयमा भएको छलफललाई अतिरञ्जित ढँगले प्रचार गर्नुको कुनै अर्थ छैन’ उहाँले आइतवार ट्वीट गर्दै भन्नुभएको छ – ‘सामाजिक न्याय सहितको समृद्धिको तात्कालिन लक्ष्य र समाजवादको दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर सबै नेपाली कम्युनिष्टहरुलाई एउटै पार्टीमा गोलबन्द गर्न बनेको नेकपाको एकता सुदृढ हुनेछ । भ्रममा नपरौं ।’

 

उहाँले सरकारमाथि गरिएका आलोचना र टिप्पणी सरकारलाई प्रभावकारी बनाउन गरिएको पनि बताउनुभयो ।  ‘बर्तमान सरकारप्रतिको आलोचना (टिप्पणी)  सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उदेश्यले हुनुपर्छ’ उहाँले भन्नुभएको छ,‘ यतिबेला यो सरकारको बिकल्पको सोच देश,जनता,पार्टी र आन्दोलनको पक्षमा हुँदैन।अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ । कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन ।’

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ