साढे ५ बर्षपछि बलात्कारी पक्राउ



हाम्रो इकोनोमि

 

एक महिलालाई बलात्कार गरी फरार भएका रुरु गाउँपालिका ३ थानपतिका सुरज भन्ने बिनोद श्रेष्ठ पक्राउ परेका छन् ।

 

उनले साढे पाँच अघि ०७० सालमा एक महिलालाई बलात्कार गरि फरार भएका थिए । उनलाई जिल्ला अदालत गुल्मीले ०७३ बैशाख २२ गते बलात्कार गरेको दोषि ठहर गर्दै ६ बर्ष कैद र २५ हजार पीडितलाई क्षतिपुर्तिको फैसला गरेको एसपी दिपक कुमार बस्नेतले बताए ।

 

श्रेष्ठलाई रुरु गाउँपालिका १ बाट गिरफ्तार गरी बिहिबार नै जिल्ला कारागार गुल्मी चलान गरिएको बस्नेतले बताए । साथै उनले छत्रकोट गाउँपालिकाकी एक नावालिका भगाएर काठमाडौमा वस्दै आएको समेत खुलेको छ ।

 

नावालिकाको परिवार पनि प्रहरीमा आएकाले श्रेष्ठविरुद्ध अर्को मुद्दा समेत दर्ता हुने मुद्दा शाखा प्रमुख सई शिवबहादु खत्रीले जानकारी दिए ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले केहि दिन अघि ठगी मुद्धाका फरार अभियुक्तलाई पाचँ महिनापछि गिरफ्तार गरेको थियो ।

 

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई प्रहरीले उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।

ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई बर्ष कैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खत्रीले बताए । जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई निरन्तर अगाडी बढाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...