यसरी गल्यो भारत, अबदेखि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने



हाम्रो इकोनोमि

 

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।
नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् ।

 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिनुभयो । उहाँले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताउनुभयो ।

 

मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताउनुभयो ।

 

मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

 

नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गर्नुभएको थियो ।

काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ ।

 

परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ ।

संविधान संशोधन आवश्यक छ नेता पौडेल

 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभएको छ ।

 

नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलन सम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सवल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताउनुभयो ।
उहाँले काङ्ग्रेसले सङ्घीयता र समावेसीतालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

 

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेस गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी हो भन्नुभयो ।

 

विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोल्नु भएको थियो । भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...