नेपाल-भारतबीच चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउने सहमति



हाम्रो इकोनोमि

 

 

 नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ।

 

शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकले चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सहमतिसमेत गरेको छ।

 

 

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीचको बैठकले उक्त सहमति गरेको हो।

 

त्यस्तै, नेपालमा प्राकृतिक ग्यासको पाइपलाइन भैरहवासम्म विस्तार गर्ने सम्बन्धमा पनि दुई पक्षबीच सहमति जुटेको छ।

 

 

ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने पेट्रोलियम पाइपलाइनका सम्बन्धमा हाल अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाइनलाई चितवनसम्म ल्याउने सहमति जुटेको हो।

 

प्राकृतिक ग्यासको सम्बन्धमा हाल भारतको गोरखपुरमा यस्तो प्लान्ट छ, त्यसलाई पाइपलाइनबाट भैरहवासम्म ल्याउने सहमति भएको हो।

 

यो प्रारम्भिक सहमतिमात्र हो। यसको लागत लगायतका विषयमा भने थप सहमति जुट्न बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

सिजी इलेक्ट्रोनिक्सको विश्वविख्यात ब्ल्याक-डेकर ब्रान्ड बजारमा

  सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक-डेकर (BLACK-DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...