प्रदेश ३ का १० स्थानमा बन्ने भो भ्यूटावर, लागत ३० करोड



हाम्रो इकोनोमि

 

पर्यटन क्षेत्रको विकास गर्न प्रदेश ३ सरकारले भ्यूटावर निर्माण योजना अघि सारेको छ । प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो ।

 

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुबीभ्याली र रसुवाको सोम्दाङमा भ्यूटावर बन्नेछन् । त्यसैगरी, सिन्धुलीको सिन्धुलीगढी र खुर्कोटमा पनि भ्यूटावर बनाउने प्रदेश सरकारको योजना छ ।

 

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले १३ जिल्लालाई लक्षित गर्दै १० भ्यूटावर निर्माण गर्न लागिएको जानकारी दिए । मन्त्री नेपालका अनुसार प्रत्येक स्टेसन निर्माणमा ३ करोड खर्च हुने अनुमान छ । यस हिसाबले १० भ्यूटावर निर्माणको लागत ३० करोड हुन्छ ।

 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताए । पर्यटकीय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र नभएर स्थानीय तह तथा स्थानीयबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।

 

मकवानपुरको भीमफेदी, ईन्द्रसरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

सोलार बत्तीपछि सिरुबारी झलमल्ल

देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ ।

आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ ।

 

पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताउनुभयो ।

 

सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताउनुभयो ।

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहनु भएका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...