रौतहटमा झडप, प्रहरीद्वारा २० राउण्ड हवाई फायर, केहि घाइते



हाम्रो इकोनोमि

 

 

रौतहटमा स्थानीयबीच झडप भएको छ । रौतहटको गरुडा–९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् ।

गरुडाको बाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय बासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्याँस पनि हानेको छ । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडप नियन्त्रणमा खटिएका केही प्रहरी समेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...