महिला बेचबिखनको आरोपमा एक पक्राउ



हाम्रो इकोनोमि

 

मानब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

 

पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाइफकाइ भारतको बैङ्गलोर पु¥याई बेचबिखन गर्न खोजेको आरोप लागेको छ ।

 

यसअघि मङ्गलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका–८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा दर्ता गरिसकेकोे छ ।

 

पक्राउ परेकी महिलालाई बेच्न लगिएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप छ । यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजीकार्य गरेको थियो ।

 

मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शङ्कर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै यहाँ ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...