बलात्कारपछि बालिका हत्या गर्नेलाई कडा कावाहीको माग गर्दै महिलाले घेरे प्रहरी कार्यालय

हाम्रो इकोनोमि

पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या भएपछि स्थानीय आक्रोशित बनेका छन् । बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ नै गरेका छन् ।

छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु रहेको जुलुसले जिल्ला प्रहरी कार्यालय गैरपाटन आएर घेराउ गरेको हो । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडल मंगलबार राति पक्राउ परेका थिए ।

प्रहरीले आरोपीलाई सार्वजनिक गर्ने तयारी गर्दै गर्दा ठूलो समूह प्रदर्शनमा उत्रिएपछि पत्रकार सम्मेलन समेत हुन सकेको छैन । प्रदर्शनकारीले आरोपीलाई बाहिर निकाल्न दवाद दिइरहेका छन् । आक्रोशित भिड र प्रहरीबीच बेलाबेला घचेटा–घचेट भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

सोधपुछका क्रममा ५ जनालाई पक्राउ गर ेपनि पौडेलले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन् ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे दिउँसो पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले अपराधी पत्ता लागिसकेको बताएका छन् ।

‘२४ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो,’ उनले भने । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।

श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ । पौडेलले सोमबार साँझ ५ः३० बजे मामाघरबाट बिस्कुट किन्न पसल हिंडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकको छ । उनको निधारमा थिलोथिलो बनाइएको, शरीरभरी धारिलो बस्तुले कोपेको, अर्धनग्न अवस्थामा मामाघरबाट ५० मिटर परको झाँडीमा मंगलबार बिहान ८ बजे फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...