दशैंमा दुःखै दु: ख, जताततै जनतालाई मार



हाम्रो इकोनोमि

 

 

 

छन् त कसैले हल्लाउन नसक्ने बहुमत यही सरकारसँग छ । तर, यस्तो सुविधाजनक बहुमतमा पनि दुःख रहेछ ।

 

 

गत हप्ता व्यवसायी र पूर्वी तराईका केही सर्वसाधारणमार्फत यातायात क्षेत्रमा हड्ताल आतंक चल्यो । सरकारलाई उसकै च्यानलका अधिकारीबाट भनियो, ‘चक्का जामका नाममा आमजनताको दशैं अस्त–व्यस्त बनाउने, सिण्डिकेट तोडेको रिस पनि यसैबाट पोख्ने, यही विषयबाट सरकार जनविरोधी छ, जनताको सुविधालाई कुण्ठित पार्दैछ भनेर बद्नाम गर्ने खेल हुँदैछ ।

 

 

हुन पनि, पहिला–पहिला एक महिनाअघि नै खुल्ने टिकट बुकिङ दशैं शुरु हुन दुई साता मात्र बाँकी हुँदा पनि के हो, कसो हो को अवस्थामा छ । एक किसिमको आक्रोश त पैदा भइसकेको छ । गोविन्द केसीको अनसन तोडाउन ढिलाई गरिएको शैलीमा यातायात व्यवसायीलाई व्यवहार गर्ने हो भने जनता प्रत्यक्ष प्रभावित हुने खतरा देखियो ।

 

यस्तो ‘इमोशनल ब्ल्याकमेलिङ’ मा परेपछि सोधियो, ‘उपाय के छ ?’ भनियो, ‘भाडा बढाउने ।’ यसरी दशैंछेको सार्वजनिक यातायातले साविकको भाडादरमा १० प्रतिशत बृद्धि गरेका छन् ।

 

सरकारले बिनाकुनै आनाकानी स्वीकृति दिएको छ, ‘इमोशनल ब्ल्याकमेलिङ’ कै कारण । यसबीच पाँच पटक इन्धनको भाऊ बढिसक्यो । भन्सार महसुल र पार्टपूर्जाको भाउ पनि त्यस्तै । यातायात व्यवसायी महासंघले २३ प्रतिशतले भाडादर बढाउन माग गरेको थियो । सरकारले १० प्रतिशतसम्मका लागि स्वीकृति दिएको छ ।

 

महासंघमा सबैजसो कांग्रेस निकट व्यवसायी छन् । केही वामपन्थी त छन्, तर हैसियतबिहीन अवस्थामा यसरी तिनै व्यवसायी देखाएर सरकारलाई अप्ठेरोमा पार्न खोजिएको थियो । त्यसमाथि सवारीको चाप कति बढेको छ भने, गत आर्थिक वर्ष मात्र ७७ अर्बभन्दा बढीको गाडी र तिनका पार्टपूर्जा भित्रियो ।

 

यो आयातदर अघिल्लो आर्थिक वर्षको तुलनामा साढे पाँच प्रतिशतले बढी हो । अघिल्लो चोटी त्यही अवधिमा ७३ अरब ७३ करोड पाँच लाख चार हजार रुपैयाँ बराबरको आयात भएको थियो । उता, पोहोर नै नेपालमा ३०६ दशमलव ३३ प्रतिशतले सवारी साधनको बृद्धि भयो ।

 

गत आर्थिक वर्ष त्यो रफ्तार झनै बढेको रहेछ । यसमध्ये सार्वजनिक सवारी साधनको संख्या बढी छ । अहिले हाम्रो सडकमा २८ लाख भन्दा बढी सवारी साधन गुडिरहेका छन् । केही नयाँ बाटो खुलेका छन् । केही खुल्ने क्रममा छन् ।

 

त्यसमाथि यातायातको सिण्डिकेट तोडिँदा सार्वजनिक यातायात खरिदकर्ताहरू उत्साहित भएको अवस्था रहेको खबर जनआस्थाले छापेको छ । अनि, यही झुण्डले दशैंको मुखमा सरकारलाई थिचेको भए कस्तो अरिंगालले टोकाउनुपथ्र्यो होला ?

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

सिजी इलेक्ट्रोनिक्सको विश्वविख्यात ब्ल्याक-डेकर ब्रान्ड बजारमा

  सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक-डेकर (BLACK-DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...