ह्याम्स बन्यो अन्तर्राष्ट्रिय अस्पताल, डा. भगवान कोइरालादेखि भोला रिजालसम्म एकै ठाउँमा



 

डा.उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको ह्याम्स अस्पतालल्े अब अन्तर्राष्ट्रियस्तरको सेवा,सुबिधा र प्रबिधि सहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,डा. भोला रिजाल, अर्जुन कार्की, मानवहादुर केसी, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित ह्याम्स अस्तपाल सन्चालनमा आएको हो ।

 

धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट ह्याम्स अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सन्चालनमा ल्याएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए । नेपालका बरिष्ठ डाक्टरहरु सहित ठूलो लगानीमा निर्मित अत्याधुनिक भवनबाट उपचार सेवा शुरु भइसकेको उनले जानकारी दिए ।

 

सरकारी र निजी अस्पतालहरुलाई सर्जिकल लगायत मेडिकल उपकरण सप्लाई गर्ने व्यवसायी भण्डारीको पहलमा ह्याम्स अस्पताललाई पुनर्जीवन दिइएको डा. भगवान कोइरालाले बताए । डा. भोला रिजालले एउटा गतिलो र अन्तर्राष्ट्रिस्तरको सेवा सुबिधा सहितको अस्पताल जनताले चाहेकाले आफू पनि ह्याम्समा जोडिएको बताए ।

 

ठूलो लगानी र अन्तर्राष्ट्रियस्तरको प्रबिधि भित्र्याएर शुरु गरिएको ह्याम्स अस्पताल नेपालमा हाल चलिरहेका निजी क्षेत्रका अस्पतालहरुमध्ये केही बिधामा अत्याधुनिक रहेको भण्डारीले बताए । उनले मध्यम र निम्न वर्गका जनताको समेत पहुँच हुने गरि उपचारमा सहजीकरण गर्ने लक्ष्य राखिएको दावी गरे । नेपाल सरकारको स्वास्थ्यमन्त्रालयले दिएका मापदण्ड अनुसार गरिव असहाय विरामीलाई सेवा उपलव्ध गराइने भण्डारीले बताए ।

भण्डारीले भने–अहिले ठूला र अन्तराष्ट्रिय स्तरका सुबिधा सम्पन्न अस्पताल भन्ने बित्तिकै निम्न आर्थिक अवस्थाका विरामीको पहुँच नहुने अवस्था छ । हामी व्यवहारिक रुपमा देखाउनेछौं, ह्याम्स अस्पताल आम मान्छेको पहुँच हुने अन्तर्राष्ट्रिस्तरको सुबिधा सम्पन्न अस्पताल हुनेछ । ल्याब र रोगको डाइग्नोसिस प्रबिधिमा हामीले जोड दिएका छौ,जसले गर्दा रोग पत्ता लगाउन विदेश जाने अवस्था अन्त हुनेछ । अत्याधुनिक प्रबिधि र चिकित्सकद्धारा छिटो रोग पत्ता लगाएर अन्तर्राष्टियस्तरको सेवा उपल्वध गराइनेछ ।

 

अस्पतालका लागि आवश्यक उपकरण र प्रबिधिहर सिधै बहुराष्ट्रिय कम्पनीहरुबाट मगाइएको भण्डारीले बताए । ह्याम्स अस्पतालको अहिलेसम्मको इतिहास, नेपालकै नाम चलेका विशेषज्ञ डाक्टरको जमघट र अत्याधुनिक प्रबिधि र उपकरणको त्रिपक्षीय विशेषताका कारण ह्याम्पस अस्पताल सबैको भरोसायोग्य अस्पताल बन्न सक्ने विश्वास लिइएको उनले बताए ।

 

ह्याम्समा मुुटुरोग विशेषज्ञहरु डा. भगवान कोइराला, दिवाकर शर्मा, रोशन राउत, फोक्सो रोग विशेषज्ञ अर्जुन कार्कीले विशेषज्ञ सेवा शुरु गरेका छन् । त्यस्तै आइओएमका पूर्व डिन प्रकाश सायमी, गीता सायमीका साथै चर्चित स्त्रीरोग विशेषज्ञ पदमराज पन्त,युरोलोजीका चर्चित डाक्टर प्रेमराज ज्ञवाली पनि ह्याम्पसमा पुगेका छन् ।

 

डा भाष्करराज पन्त,विज्ञान भण्डारी, सन्दिप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा शुरु गरिसकेको भण्डारीले जानकारी दिए । त्यस्तै नाक कान घाँटी विशेषज्ञ डा. विमल सिन्हाको टिम पनि हाम्पसमा गएको छ ।

 

सिंगापुरबाट भर्खरै फर्किएकी छाती रोग विशेषज्ञ रक्षा पाण्डे, एम्स अस्पताल दिल्लीबाट विशेषज्ञता हासिल गरेका छातिरोग विशेषज्ञ डा. राजु पंगेनी, अमेरिकाबाट भर्खरै इन्फेक्सन डिजिजमा विशेषज्ञ हासिल गरेका अनुप सुवेदी लगायत नाम चलेका विशेषज्ञ डाक्टरहरुल ह्याम्समा जोडिएका छन् ।

 

ह्याम्स अस्पताल पूर्ण रुपमा सन्चालनमा नआउँदै सर्वसाधारणदेखि देशका प्रतिष्ठित व्यक्तिहरु समेत ह्याम्समै जान थालेका छन् । यसैसाता श्रममन्त्री गोकर्ण विष्ट आमाको उपचारका लागि ह्याम्समा पुगेका थिए भने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरी पनि स्वास्थ्य उपचारका लागि ह्याम्समा पुगे ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्