नेकपा र सरकार विरुद्ध आक्रामक बन्दै कांग्रेस, गगन थापाको संयोजकत्वमा थिंक ट्यांक, संवैधानिक अंगका सदस्य पनि



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी संगठन एकीकरण गर्न नसकेर प्यारालाइसिस भएको मौकामा प्रमुख विपक्षी नेपाली कांग्रेसले भने नेकपा र नेकपा नेतृत्वको सरकार विरुद्ध राष्टिय अन्तर्राष्ट्रिय लबिङ तीब्र पारेको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधी नेतृत्वको नीति प्रशिक्षण विभागले नेकपा र सरकार विरुद्ध लबिङ गर्न तीन तहको थिंक ट्यांक बनाएको छ । पार्टीले औपचारिकता दिन बाँकी रहेको थिंक ट्यांकलाई लुज फोरमका रुपमा बिस्तार गर्ने जिम्मा केन्द्रीय सदस्य तथा युवा नेता गगन थापालाई दिइएको स्रोतले जनाएको छ ।

 

केपी ओली नेतृत्वको सरकार गठन भएको केही महिनासम्म मूलधारका मिडिया सत्ताको सहयोगी जस्तो देखिएको र आलोचनात्मक हुनुपर्ने मिडिया र बुद्धिजिवीनै सत्तापक्ष जस्तो देखिएपछि लोकतन्त्र कमजोर हुने कांग्रेस नेताहरुले बताएका थिए । मिडिया र बुद्धिजिवीबाट कम्युनिस्ट सरकार विरुद्ध पर्याप्त प्रहार नभएपछि कांग्रेसले गगन थापा मार्फत डा. गोविन्द केसीलाई अनसनमा राखेको समेत खुलेको छ ।

 

गोविन्द केसीको अनसन प्रकरणसँगै मूलधारका मिडिया सरकार विरुद्ध संगठित रुपमा लागे । गगन थापाकै अगुवाईमा इन्द्रेणी होटलमा बसेको भेलाले १४ भाइ सम्पादकलाई सरकार विरुद्ध संयुक्त वक्तव्य निकाल्न आग्रह गरेको स्रोतले जनाएको छ । कांग्रेसले केसीको अनसन प्रधानमन्त्री ओलीले समाधान गरेपछि मिडियाको नेतृत्वमा आफू अनुकुल व्यक्ति अघि सार्ने निर्णय गरेको थियो ।

 

सोही अनुसार कान्तिपुरमा नारायण वाग्लेलाई लगियो । वाग्ले पछिल्लो समय नेकपा विरुद्ध सार्वजनिक रुपमा प्रतिबद्ध भएर लागेका पत्रकार हुन् । उनी गत चुनावदेखि नेपाली कांग्रेसको पक्षमा खुलेर लागेका थिए । संयोगनै मान्नुपर्छ उनका ससुरा दमननाथ ढुंगाना भक्तपुर २ मा उम्मेवार बनेकाले पनि झण्डा बोकेर चुनावी अभियानमा लाग्न उनी बाध्य भए ।

 

वाग्लेको कान्तिपुर इन्ट्रीसँगै बाहिरिएका हरिवहादुर थापा अन्नपूर्णपोष्टमा गएपछि कांग्रेसको मिडिया पोलिसी कार्यन्वयन भयो । त्यसपछि कांग्रेसले मूलधारका स्तम्भकार र नेकपा तथा सरकार विरोधी लेखक,बुद्धिजिवीहरुलाई संगठित गर्ने अभियान थालेको छ ।

 

पछिल्लो समय कांग्रेस नेता गगन थापाको संयोजकत्वमा गठित सरकारी विरोधी प्रोपागाण्डा उत्पादन गर्ने लुज फोरममा मूलधारका मिडियाका सम्पादकहरुलाई समेत राखिएको स्रोतले जनाएको छ । कांग्रेसको प्रचार समितिका सदस्य समेत रहेका किशोर नेपाल,तारानाथ दाहाल,सुरेश आचार्य जस्ता पत्रकार महासंघका पूर्व सभापतिहरुलाई पनि सो फोरममा राखिएको छ ।

 

यसबीचमा अर्का बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई नीधिले नीति तथा प्रशिक्षण विभागको सदस्य सचिव मनोनित गरेपछि लुज फोरमलाई बिस्तार गरिएको स्रोतले जनाएको छ । यो फोरमको काम मुलधारका आमसन्चारमाध्यम र सामाजिक सन्जालमा नेकपा तथा सरकार विरुद्ध संगठित प्रोपागाण्डा मच्चाउने र समाजमा घटेका अपराधिक घटनाहरुमा नेकपालाई बद्नाम गर्ने रहेको स्रोतले जनाएको छ ।

 

यो लुज फोरममा कांग्रेस आबद्ध लेखक पत्रकार र बुद्धिजिवीहरुमात्र होइन,संवैधानिक अंगमा पदाधिकारी, मूलधारका सम्पादक पत्रकार र सरकारी अधिकारीहरुलाई पनि राखिएको स्रोतले जनाएको छ । स्वतन्त्र वामपन्थी भनिने तर नेकपाको विरुद्ध लेख्ने लेखकहरुलाई पनि यसमा सामेल गरिएको छ ।

 

गगन थापा संयोजक रहेको लुज फोरममा निर्वाचन आयोगकी आयुक्त ईला शर्मा र राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी समेत राखिएका छन् । त्यस्तै कान्तिपुरका सम्पादक नारायण वाग्ले, दि काठमाण्डू पोष्टका सम्पादक अनुप काफ्ले, सेतोपाटीका अमित ढकाल, दि हिमालयन टाइम्सका प्रकाश रिमाल लुज फोरमका सदस्य रहेको स्रोतले जनाएको छ ।

 

फोरममा नागरिकका सम्पादक गुणराज लुइटेल, दि रिपव्लिकाका सुवास घिमिरेलाई राखिएको कांग्रेस स्रोतले जनाएको छ । कांग्रेस प्रचार बिभाग सदस्य तथा पत्रकार प्रतिक प्रधानले मूलधारका मिडिया संयोजन गर्ने जिम्मा पाएका छन् ।

 

सामाजिक सन्जालमा नेकपा,सरकार र नेताहरुलाई छानी छानी चरित्रहत्या गर्ने र फेक आइडी समेत बनाएर प्रहार गर्ने टिम अलग्गै तयार पारिएको छ । सो टिममा गगन थापा निकट अजयबाबु शिवाकोटी,शिरोमणी ढुंगाना, विपेन्द्र कार्की,रामप्रसाद दाहाल, विमल आचार्य, कनकमणी दीक्षितका चेला तथा इलामका कांग्रेस नेता केदार शर्मा लगायतका कांग्रेस कार्यकर्ता तथा मिडियाकर्मीहरुलाई खटाइएको स्रोतको दावी छ ।

 

सरकार विरुद्ध मिडिया,सोसल मिडिया र सडकमा समेत गर्ने बिरोध अभियानमा देखाउने प्रबुद्ध व्यक्तिको रोस्टर समेत थापा नेतृत्वको समिति तयार पारेको छ । सो रोष्टरमा सुशीला कार्की,डा.गोविन्द केसी, सीके लालदेखि खगेन्द्र संग्रौलासम्मका व्यक्तिको नाम समावेश गरिएको छ । यो फोरममा प्राध्यापक चैतन्य मिश्र,पिताम्बर शर्मा जस्ता व्यक्तिको नाम राख्न खोजिएपनि पछिल्लो समयमा सम्बृद्धि र विकासको सन्दर्भमा उनीहरुको भनाइ ओलीसँग मिलेकाले नराखिएको बताइएको छ ।

 

सरकार र नेकपा विरुद्ध लेखरचना लेख्ने र डोनर तथा विदेशीहरुसँग लबिङ गर्ने टिममा अच्युत वाग्ले,केदार शर्मा, प्रत्युष वन्त,उज्जवल प्रसाई,युग पाठक,राजेन्द्र महर्जन,बिजयकान्त कर्ण,दिपक अधिकारी, लगायतको टिमलाई कांग्रेसले आफ्नो पक्षमा प्रयोग गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...