पत्नीको उपचारका लागि आज सिङ्गगापुर जाँदै प्रचण्ड, यस्तो छ सीताको स्वास्थ्य



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिङ्गापुर प्रस्थान गर्दैछन् ।

उनी राजनीतिक भ्रमण वा पार्टी कामको सिलसिलामा नभई पत्नी सीता दाहालको उपचार फलोअपका लागि सिङ्गापुर जान लागेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । आज (बुधबार) बेलुका ८ बजे प्रचण्ड दम्पती सिङ्गापुर उड्ने कार्यक्रम रहेको सापकोटाको भनाइ छ ।

‘चिकित्सकले यसअघि नै फलोअपका लागि आउनु भने पनि राजनीतिक काम र भ्रमणका कारण समय मिलेको थिएन’, सापकोटाले सुनाए, ‘आज बेलुका उहाँ पत्नीलाई लिएर सिङ्गापुर जान लाग्नु भएको हो छ ।’

सीता दाहालको केही समयअघि सिङ्गापुरस्थित एमवी एलिजावेथ अस्पतालमा उपचार भएको थियो । एक मात्र छोरा प्रकाशको असामयिक निधनपछि सीताको स्वास्थ्य बिग्रिएको थियो । तर, अहिले सामान्य अवस्था भए पनि नियमित जाँच भने गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...