पत्नीको उपचारका लागि आज सिङ्गगापुर जाँदै प्रचण्ड, यस्तो छ सीताको स्वास्थ्य



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिङ्गापुर प्रस्थान गर्दैछन् ।

उनी राजनीतिक भ्रमण वा पार्टी कामको सिलसिलामा नभई पत्नी सीता दाहालको उपचार फलोअपका लागि सिङ्गापुर जान लागेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । आज (बुधबार) बेलुका ८ बजे प्रचण्ड दम्पती सिङ्गापुर उड्ने कार्यक्रम रहेको सापकोटाको भनाइ छ ।

‘चिकित्सकले यसअघि नै फलोअपका लागि आउनु भने पनि राजनीतिक काम र भ्रमणका कारण समय मिलेको थिएन’, सापकोटाले सुनाए, ‘आज बेलुका उहाँ पत्नीलाई लिएर सिङ्गापुर जान लाग्नु भएको हो छ ।’

सीता दाहालको केही समयअघि सिङ्गापुरस्थित एमवी एलिजावेथ अस्पतालमा उपचार भएको थियो । एक मात्र छोरा प्रकाशको असामयिक निधनपछि सीताको स्वास्थ्य बिग्रिएको थियो । तर, अहिले सामान्य अवस्था भए पनि नियमित जाँच भने गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...