सहकारी लुटेको अभियोगमा ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

पोखराको सिर्जनाचोकस्थित जनएकता सहकारीमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

 

भदौ ३१ गतेे सहकारीबाट ९ लाख १४ हजार रुपैयाँ चोरी भएको थियो । पक्राउ पर्नेमा पोखरा-१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा-७ एयरपोर्ट बस्ने २२ वर्षीया बिनिता गुरुङ र पोखरा-६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना छन् ।

 

सहकारी रहेको भवनको तल्ला तलाको सडर फोरेर काउन्टरबाट पैसा चोरी भएको थियो । प्रहरीको सक्रियता तथा गोप्य अनुसन्धानबाट उनीहरुलाई बुधबार बुलौंदीबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

 

पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

 

सहकारीमा सेक्युरिटी गार्ड तथा सिसी क्यामरासमेत नभएको मौका पारी चोरी भएको थियो । चोरी भएको भोलिपल्टमात्र नजिकैको होटलका कर्मचारीले सटर फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...