उम्मेद्वारको गोली हानी हत्या



 

 

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मंगलबार राति आमनिर्वाचनमा उम्मेद्वारी दिएका एक उम्मेद्वारको गोली हानी हत्या गरिएको छ ।

 

अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेद्वारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मंगलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिए ।

गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । अफगानिस्तानमा स्थगित हँुदै आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ ।

तर सो निर्वाचनको मिति तय भएसँगै केही महिनायता इस्लामिक स्टेट्स र तालिबान समूहले आक्रमण जारी राखेका छन् । मतदाताहरुले आफ्नो नामावली दर्ता गरेयता मध्य अप्रिलदेखि विभिन्न आक्रमणमा कान्दाहारमा मात्र ५५ व्यक्तिको मृत्यु भइसकेको छ ।

आमनिर्वाचनसँग सम्बन्धित हत्या हिंसामा दुई जना निर्वाचन सम्बन्धी कर्मचारी, सुरक्षा बलका सदस्यहरु र सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् । यहाँको संसदको तल्लो सदन २४९ सदस्यीय छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्