ओम बाबालाई थप ८ दिन हिरासतमा राख्न आदेश



हाम्रो इकोनोमि

 

 

सावित्री पुडासैनीको मृत्यु प्रकरणमा हिरासतमा रहेका ओम बाबालाई जिल्ला अदालत मकवानपुरले थप ८ दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ ।

 

हेटौंडा १४ मयुरधापमा रहेको ‘सत्य ओम बाबा आरोग्य आश्रम’का संचालक ओम बाबा भनिने ओम प्रकाश श्रेष्ठलाई सोमबार जिल्ला अदालत मकवानपुरले थप अनुसन्धान गर्न प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।

 

हेटौंडा ११ नवलपुरकी साबित्री पुडासैनीको मृत्यु प्रकरणमा पीडितको जाहेरीको आधारमा प्रहरीले ओम बाबालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान कार्य नसकिएकोले अदालतले थप ८ दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताउनुभयो । पीडित परिवारको उजुरीका आधारमा असोज १ गते पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अदालतबाट असोज २ गते ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...