वीर अस्पताल डुबाउन उपेन्द्र यादवको यस्तो चलखेल



 

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव उमेर हदले ६५ बर्ष नाघिसकेका डा. डीएन साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपति बनाउने निर्णयमा पुगिसकेका छन् ।

 

मन्त्री यादव संयोजक, डा. धर्मकान्त बाँस्कोटा र डा. सुशील प्याकुरेल सदस्य रहेको रहेको न्याम्स उपकुलपतिसिफारिस समितिले डा. डीएन साह, ढुण्डीराज पौडेल र डा. अजित रायमाझीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । न्याम्सको उपकुलपतिका लागि २२ जनाले आवेदन दिएकोमा ६ जनाको नाम सर्टलिष्टमा परेका थिए ।

 

सर्टलिष्टमै चलखेल

सर्टलिष्टमा परेका ६ चिकित्सकहरुमा अजित रायमाझी, गेहनाथ बराल, ढुण्डीराज पौडेल, देवनारायण साह(डीएन) विधाननिधि पौडेल र विश्वनाथ यादव थिए । यी ६ जना उत्कृष्ट चिकित्सकका रुपमा छनोटमा परे । तर उत्कृष्ट भनेर सर्टलिष्टमा परेका डा. गेहनाथ बराल न्याम्समै एमडीमा अध्ययनरत विद्यार्थी हुन् ।

 

जुन संस्थामा अध्ययन गरिरहेको छ, त्यही संस्थाको उपकुलपतिमा दाबी गर्ने बराललाई सर्टलिष्टमा ६ जनाभित्र छनोट गरिनुले योग्य ब्यक्तिलाई पन्छाएर अयोग्य ब्यक्तिको संख्या बढाउने र उपकुलपतिमा आफ्नो मान्छे साहलाई पार्ने खेल मन्त्री यादवबाट खेलिएको वीर अस्पतालका एक चिकित्सकले बताएका छन् ।

 

ती चिकित्सका अनुसार न्याम्सको उपकुलपतिका लागि एक से एक विज्ञ चिकित्सकले निवेदन दिए पनि उनीहरुलाई सर्टलिष्टबाटै आउट गरिनुको कारण साहलाई उपकुलपति बनाउनका लागि थियो ।

 

न्याम्सको उपकुलपतिका लागि २२ जना चिकित्सकले दिएको निवेदनमा सर्टलिष्टमा ६ जनाको निकालिएको र त्यसक्रममै डा. डीएन साहलाई नियुक्ति गर्न सजिलो हुनेगरी निकालिएको थियो ।

 

चिकित्सकहरु लोकविक्रम थापा, रमेशकान्त अधिकारी, दामोदर पोखरेल, सेनेन्द्रराज उप्रेती, भगवान कोइराला, डा. केके राई, अन्जनीकुमार झा, डा. जगदिशप्रसाद अग्रवाल र अर्जुन कार्की रहेको विज्ञ टोलीले ६ जनाको नाम सर्टलिष्टमा पारेको थियो ।

 

साह किन भीसीका लागि अवैधानिक छन् ? 
न्याम्सको उपकुलपतिमा आवेदन दिनका लागि न्यूनतम योग्यताको क्रम संख्या २ मा नेपाल सरकारको ११ औं तहको चिकित्सक वा अवकाशप्राप्त चिकित्सक हुनुपर्ने उल्लेख छ । मापदण्डमा उल्लेखित त्यस्तो चिकित्सक ६३ बर्ष उमेर पूरा गरिसकेको हुन्छ । नेपालको संविधान अनुसार पनि ६५ बर्षभित्र कुनै पनि ब्यक्ति सेवानिबृत्त हुन्छ ।

 

डीएन साहको उमेर ६५ बर्ष ११ महिना ३ हप्ता पुगिसकेको छ, सोमबारको साँघुमा समाचार छ । संवैधानिक रुपमा अवकाश हुनुपर्ने ब्यक्ति आँखा अस्पतालमा काम गरेर अवकाश जीवन बिताएको ४–५ बर्ष भइसकेका साहलाई उपकुलपति बनाउन योजनाबद्ध रुपमा उपेन्द्र महतो लागेका छन् । यसमा ठूलै रकमको चलखेल महतोमार्फत् भएको स्रोत बताउँछ । स्रोतका अनुसार साहलाई उपकुलपति बनाउन २५ करोड लगानी भएको छ ।

 

उपेन्द्र महतो किन लागे ?
महतो र डा. डीएन साह सुडी हुन् । उनीहरु जातिगत आधारमा एकै जातिमा पर्दछन् । दोस्रो, रोजगारी नपाई बसेका ब्यक्तिलाई आकर्षक स्थानमा नियुक्त गराई वीर अस्पताललाई नियन्त्रणमा लिने महतोको उद्देश्य देखिन्छ ।

 

वीर अस्पताललाई डुबाउने र उनको मेडिसिटीको ब्यापार चम्काउने खेल पनि महतोले खेलेका छन् । मेडिसिटी निर्माणमा उपेन्द्र महतोले उनका भिन्न भएका भाइ वीरेन्द्र महतो र बुहारी कीर्ति महतोको नामको बैंकको सेयर समेत बैंकमा धितो राखी लगानी गरेका छन् ।

 

वीर अस्पताल डुबेपछि स्वभाविक रुपमा बिरामीको चाप मेडिसिटीतर्फ लाग्नेछ । अतः उनले वीर अस्पताललाई जनकपुर चुरोट कारखाना बनाई मेडिसिटीलाई सूर्य टोबाको कम्पनी बनाउन खोजेका छन् ।

 

यसका लागि डा. डीएन साह नियुक्त हुनासाथ वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने योजना महतोको छ । हाल वीर अस्पताल रहेको भवन र जाइकाले पछाडि बनाउँदे गरेको भवनमा सिटी क्लीनीक संचालन गरी त्यो क्लीनीक नयाँ चिकित्सकलाई जिम्मा लाउने र पुराना र अनुभवी चिकित्सक जति सबै भक्तपुरको दुवाकोटमा पठाउने रणनीतिमा छन् ।

 

नर्सिङ कलेज रहेको उत्तरतर्फको खाली जग्गालाई लिजमा दिई संचालन गर्ने योजनामा महतो छन् । यो योजना पार लगाउन महतोले बीचौलिया दीपक तिमल्सिनालाई हातमा लिई उनी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीकै निजी सचिवालयसम्म पुगेका छन् ।

 

बीचौलिया तिमल्सिना प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्यसम्म नै पुगी साहलाई नै उपकुलपति बनाउने भूमिका खेलेको बताउन थालेका छन् । तिमल्सिनाले बज्राचार्यको नवविवाहिता डाक्टर श्रीमतीलाई मेडिसिटीमा आकर्षक तलव सुविधा दिएर जागिरमा नियुक्त गरेको गफ समेत दिने गरेका छन् ।

 

न्याम्समा उमेर हद किन लाग्दैन ?

संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक कार्यालयको पदाधिकारी हुन उमेर हद ६५ बर्ष तोकिएको छ । ६५ बर्ष उमेर पुगिसकेपछि संवैधानिक निकायबाट अवकाश हुनुपर्छ ।

 

तर न्याम्सको उपकुलपतिमा आवेदन दिएका डा.डीएन साहको उमेर हद ६५ बर्ष नाघिसकेको छ । उनको उमेर ६५ बर्ष ११ महिना २० दिन भइसकेको छ । ६५ बर्ष पुगिसकेपछि मानिसले काम गर्न नसक्ने भएकै कारण उमेर हद राखिएको हो ।

 

निजामती सेवामा ५८ बर्ष उमेर हद छ । स्वास्थ्य सेवामा ६० बर्ष छ । संवैधानिक निकायमा ६५ बर्ष छ । तर न्याम्सको उपकुलपतिका लागि ६५ बर्ष उमेर कटिसकेका साहलाई नियुक्ति गर्न स्वास्थ्यमन्त्री लागेका छन् ।

 

स्वास्थ्य मन्त्री यादवले उमेरले नेटो काटिसकेका साहलाई उपकुलपतिबनाएर न्याम्स (वीर अस्पताल)को विकास गर्न खोजेका हुन् कि स्वास्थ्य माफियाको स्वार्थ पूरा गर्न खोजेका हुन् ? न्याम्स के बुढाखाडा थुपार्ने ठाउँ हो भन्दै वीर अस्पतालका चिकित्सकहरु नै बिरोधमा छन् ।

 

बीर अस्पतालका चिकित्सकहरुले न्याम्सबाहिरबाट उपकुलपति बन्न आए आफूहरुलाई मान्य नहुने भन्दै चेतावनी दिदै आएका छन् । र, न्याम्स बाहिरका उपकुलपतिनियुक्ति गर्ने संकेत पाएपछि अस्पतालमा काम ठप्प पार्ने चेतावनी कर्मचारी र चिकित्सकहरुले दिइसकेका छन् ।

नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्