साइकलमा घुमाउन लगेका मामाबाटै भाञ्जी बलात्कृत



हाम्रो इकोनोमि

 

झापाको हल्दिबारी गाउँपालिकाका एक युवक चार वर्षीया अवोध बालिका बलात्कारको शिकार बनेकी छन् ।

 

हल्दिबारी–१३ जलथलका २१ वर्षीय युवकले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

 

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको बस्नेतले बताएका छन् । प्रवक्ता बस्नेतका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए ।

 

छिमेकी भएकाले बालिकाले युवकलाई मामा भन्ने भन्ने गरेकी थिइन् । सोही नाताको फाइदा उठाउँदै घुम्न गएको समयमा युवकले बलात्कार गरेको र घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

 

युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरिएको हो । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...