देउवाले सरकारको अधिनायकवादी शैलीलाई असफल बनाउन यस्तो दिए टिप्स



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे ।

 

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरु विगतमा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे । सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको कांग्रेसले पार्टीको विधान पनि राम्रो बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

 

सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई आग्रह गरे । पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारदेखि सुझाव संकलनको काम सुरु गरिएको हो ।

 

विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

 

विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानबिन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई कांग्रेसको मंसिरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...