असोज २५ भित्र दशैका लागि खसीबोका र च्यांग्रा काठमाडौं आइपुग्ने



हाम्रो इकोनोमि

 

सरकारले असोज २५ भित्र दसैंका लागि खसीबोका र च्यांग्रा काठमाडौं उपत्यका भित्र्याउने भएको छ । सरकारले यो वर्ष मुस्ताङबाट १ हजार च्यांग्रा तथा दाङ र मकवानपुरबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको हो ।

नेपाल खाद्य संस्थानले मुस्ताङस्थित संस्थानको शाखा कार्यालयले खरिद गरेका च्यांग्रा म्याग्दीको बेनी हुँदै काठमाडौंसम्म ढुवानी गर्न टेन्डर आह्वान गरेको छ ।

 

संस्थानका अनुसार असोज २० गतेसम्ममा ठेक्काको काम सकिने र २५ गतेभित्र च्यांग्रा काठमाडौं आइपुग्ने छन् । मकवानपुर र दाङबाट आउने खसीबोका पनि सोही समयमा आउने संस्थानले जनाएको छ ।

 

संस्थानले तराईबाट आउने अरु खसीबोका भने सम्बन्धित जिल्लास्थित सीडीओ कार्यालयले व्यवस्था गर्ने जनाएको छ । संस्थानले आफूसँग खसीबोका राख्न पर्याप्त ठाउँको अभावका कारण घटस्थापनाको दिनमात्र खसीबोका ल्याउने जानकारी दिएको छ ।

 

काठमाडौं उपत्यकाका लागि २ हजार खसीबोका ल्याएर मूल्यदर कायम गर्ने र निजी क्षेत्रबाट हुने मनपरी तथा कालोबजारी रोक्ने संस्थानको दाबी छ । संस्थानले यो वर्ष ल्याउन लागेको खसीबोका तथा च्यांग्राको संख्या गतवर्षको तुलनामा कम हो । गतवर्ष संस्थालने २५ सय खसीबोका तथा च्यांग्रा बिक्री गरेको थियो ।

 

खसीबोका राजधानी आइपुग्ने मिति तय भइसकेपनि संस्थानले मासुको मूल्य भने निर्धारण गरिसकेको छैन । संस्थानका महाप्रबन्धक योगन्द्र गौचनका अनुसार ढुवानीमा लाग्ने लागतको आधारमा मूल्य निर्धारण गर्नुपर्ने भएकाले अहिले नै अनुमान लगाउन नसकिने भएको हो ।

 

तर, यसपालि आउने खसीबोका तथा च्यांग्रा विगत वर्षका दाँजोमा भने केही महँगो हुनेछन् । महाप्रबन्धक गौचनले भने, “स्थानीय करका कारण उपभोक्ता मूल्यमा केही चाप पर्ने देखिएको छ ।” निजी क्षेत्रले पनि संस्थानको मूल्यको अनुपातमै मासुको मूल्य निर्धारण गर्ने उनले बताए ।

 

यसैबीच, संस्थानले दसैंतिहार लक्षित सुपथ मूल्य पसल असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...