निर्माण व्यवसायी महासंघमा रवि सिंहको नेतृत्वमा नयाँ समिति



हाम्रो इकोनोमि

 

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिएका छन् ।

अध्यक्षका उम्मेद्वार रामशरण देउजा र पुरुषोत्तम मानन्धरले क्रमशः ६६ र ७ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डेले ४६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणकुमार रानाले ४२८ मत ल्याए ।

यसैगरी प्रदेश नं १ को उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, प्रदेश नं २ को उपाध्यक्षमा सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं ३ को उपाध्यक्षमा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश नं ५ को उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र प्रदेश नं ७ को उपाध्यक्षमा टेकबहादुर सेट्ठी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी एशोसियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टङ्कप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन् ।

सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, इञ्जिनीयर भीमबहादुर पाल, डा. सूर्यबहादुर खड्का, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ (पद्म), उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजङ्ग शाह, चन्द्रप्रकाश थकाली, सुरतजङ्ग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम, इञ्जिनीयर विकास मल्ल निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित भएका महिला सदस्यमा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह छन् । तराई क्षेत्रबाट सन्तोष साह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मङ्गलबहादुर शाही र वस्तुगत संघबाट तेजबहादुर राई निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी एवं सदस्यलाई आइतबार बेलुकी नै शपथ ग्रहण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...