अब कर्मचारीलाई सहुलियमा घर, निजी क्षेत्रका कर्मचारीले पनि पाउने



हाम्रो इकोनोमि

 

 

के तपाई कर्मचारी हुनुहुन्छ ? अनि बस्नका लागि आवासको समस्या खेपिरहनु भएको छ ? चिन्ता नलिनुस् अब तपाईले सहुलियतको आवास सुविधा पाउनु हुने भएको छ ।

 

सरकारी मात्र होइन निजी क्षेत्रमा जागिर खाइरहेकाले पनि यो सुविधा पाउने भएका छन् ।
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने भएको छ । तर यसरी उपलब्ध गराउने घरको मूल्य भने सञ्चयकर्ताले तिर्नुपर्ने छ ।

 

सञ्चयकर्ताले कमाएको जति खान र बस्नमा धेरै खर्च भएर बचत न्यून हुँदै गएपछि सुरक्षित जीवनका लागि अवकास योजना अन्तर्गत यो कार्यक्रम ल्याइएको सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद गौतमले बताएका छन् ।

 

सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू जो सञ्चयकोषमा सञ्चयकर्ता छन् । उनीहरूले यस्तो सुविधा पाउने छन् ।

 

यसमा सञ्चय कोषले जग्गा खरिद गरेर त्यसमा हाउजिङ वा सामूहिक आवासको संरचना बनाउने छ । त्यसरी बनेको आवासको लागतमा बढीमा १० प्रतिशत जोडेर सञ्चयकर्तालाई कोषले उपलब्ध गराउने छ ।

 

 

यसको परीक्षणको रूपमा कोषले चितवनमा रहेको जग्गामा हाउजिङ बनाउने काम पनि शुरू गरिसकेको गौतमले जानकारी दिएका छन् ।

 

चितवनका लागि घरको डिजाइनको काम सकिएको उनले बताए । हाल कोषमा ६ लाख संचयकर्ता छन् । जसमा १ लाख ६० हजार जति निजी क्षेत्रमा कार्यरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...