तेजाब आक्रमणमा १८ वर्षीया सम्झनाको मृत्यु



हाम्रो इकोनोमि

 

 तेजाब आक्रमणमा परेपछि उपचार गराइरहेकी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। कीर्तिपुर अस्पतालको आइसीयूमा उपचार गर्दागर्दै सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

१८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड आक्रमण भएको थियो । ुिस्मिताको अवस्था सामान्य हुँदै गएको छ ।

 

सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा सुरेन्द्रजंग बस्नेतले जानकारी दिएका छन् । उनको ३५ प्रतिशत शरीर जलेको थियो ।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार मध्यराति अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए।

 

घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...