तेजाब आक्रमणमा १८ वर्षीया सम्झनाको मृत्यु



हाम्रो इकोनोमि

 

 तेजाब आक्रमणमा परेपछि उपचार गराइरहेकी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। कीर्तिपुर अस्पतालको आइसीयूमा उपचार गर्दागर्दै सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

१८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड आक्रमण भएको थियो । ुिस्मिताको अवस्था सामान्य हुँदै गएको छ ।

 

सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा सुरेन्द्रजंग बस्नेतले जानकारी दिएका छन् । उनको ३५ प्रतिशत शरीर जलेको थियो ।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार मध्यराति अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए।

 

घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...