एक करोड धरौटी बुझाएर छुटे नक्कली कम्पनीका मालिक



हाम्रो इकोनोमि

 

 

गैरकानुनी रूपमा अन्य ब्रान्डका सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्।

 

गैरकानुनी कारोबार गर्ने भारतीय नागरिक जयानन्द प्रसाद चौरसिया र मुनीलाल चौरसिया र नेपाली नागरिक सन्तोष भट्ट धरौटीमा रिहा भएका हुन्। गत शुक्रबार एक करोड धरौटी रकम तिरेर उनीहरु रिहा भएका हुन्।

 

राजस्व कार्यालयको आदेश अनुसार उनीहरू छुटेको महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए। ‘राजस्व कार्यालयको आदेश आएपछि हामीले छोडेका हौँ।’ डिएसपी कोइरालाले भने।

 

प्रहरीले तीन करोड मूल्यभन्दा बढीको सुर्तीजन्य पदार्थ र मेसिन उपकरणसमेत बरामद गरेको थियो। उनीहरूले तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा जग्गा भाडामा लिई शुभकामना सुर्ती उद्योग खोलेका थिए।

उनीहरुले नेपाली र भारतीय विभिन्न ब्रान्डका पराग, सुपर लाइट, सुर्ती लगायतका पदार्थ उत्पादन गरेको भेटिएको थियो। सुर्तीजन्य पदार्थ बिक्री गर्न लैजाने अवस्थामा प्रहरीले सामान बरामद गरेसँगै उनीहरूको नक्कली ठगीको धन्दा खुलेको थियो।

 

भदौ ७ गते जयानन्द र मुनीलाललाई प्रहरीले पक्राउ गरेको थियो। भट्टले भने राजस्व अनुसन्धान कार्यालयमा आत्मसमर्पण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...