प्रमाणपत्र धितोमा ऋण दिन शुरु, यसरी लिनुस् सुविधा



हाम्रो इकोनोमि

 

 

प्रमाणपत्र धितोमा ऋण दिनुपर्ने माग अब साँच्चै व्यवहारमै पूरा हुने भएको छ ।

 

प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आज (आइतबार) देखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ ।

 

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ ।

 

मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ । पहिलो शिक्षित युवा स्वरोजगार कर्जा । यसमा शिक्षित युवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने जनाइएको छ ।

 

कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ । शिक्षित येवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ ।

 

ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ ।

 

सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ । दोस्रो उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा । माध्यामिक वा सो सरह उत्तीर्ण २५ वर्ष नकटेका युवाले यो कर्जा लिनको लागि आवेदन दिन सक्ने छन् ।

 

उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउने छन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ। उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ ।

 

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्ने जनाइएको छ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ । प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ ।

 

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नु पर्छ । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ ।

 

यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ। जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ। यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशत मात्र तिरे पुग्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुनेछ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...