घुन्सा दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना



हाम्रो इकोनोमि

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १२ वर्ष पूरा भएको सन्दर्भमा सदरमुकाम फुङलिङमा स्मृतिसभा गरिएको छ । दुर्घटनामा निधन भएकाहरुको सम्झनामा आज सदरमुकाम फुङलिङस्थित संरक्षण स्मृति पार्कमा रहेका शालिकमा माल्यार्पण र दिप प्रज्वलन गरियो ।

 

२०६३ साल असोज ७ गतेको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालिन सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सहित २४ जनाको निधन भएको थियो ।

 

सोही घटनाको सम्झनामा प्रत्येक वर्ष वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति तथा श्रद्धाञ्जलीसभा गरिँदैआएको छ । साथै सरकारले सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउदैआएको छ ।

 

यही सन्दर्भमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि स्मृति कार्यक्रमको आयोजना गरेको छ । ०६३ साल असोज ७ गते वनको संरक्षण तथा व्यवस्थापनको जिम्मा समुदायलाई हस्तान्तरण गरी उक्त टोली र्फकने क्रममा घुन्साको फले पहाडमा ठोकिएर हेलिकप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...