चिकित्सककाे यस्ताे चरम लापरवाही : ‘मृत घोषणा गरिएका बालक जिवितै भेटिए’, अस्पताल तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले शुक्रबार राति मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि उक्त ,अस्पताल तनावग्रस्त बनेको छ।

 

आक्रोशित आफन्तहरुले दिउँसो १:३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेको हो।

 

अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ। आफन्तहरुले संलग्न चिकित्सकलाई कारवाही माग गर्दै शव गृह र आकस्मिक कक्षमा तोडफोड गरेका छन्। सयौंको संख्यामा आफन्त र स्थानीयले अस्पताल घेराउ गरेका छन्।

 

रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो।

 

अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए।आफन्तले शनिबार बिहान ‘शव’ हेर्न दिनुपर्ने माग गरे पनि अस्पतालले हेर्न दिएको थिएन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...