सुन तस्करीमा भारतीय-चिनियाँदेखि थाई नागरिकसम्म सक्रिय : विमानस्थल कर्मचारी नै निगरानीमा



हाम्रो इकोनोमि

 

 

सरकारले सुन तस्करीको जालो तोडनेप्रयाश गरेपनि तस्कर समुहले आफ्नो धन्दा कायमै राखको पाइएको छ । पछिल्लो समय प्हरीले पक्राउ गरेको ब्यक्ति हेर्दा सुन तस्करीमा छिमेकी मुलुक भारतदेखि भारत, चीन, थाइल्यान्ड तथा भुटानका नागरिक सक्रिय रहेको देखिएको हो ।

 

पछिल्लो समय यिनै मुलुकका नागरिक बढी तस्करीको सुनसहित पक्राउ परेका परेका छन् । साउन र भदौमा पक्राउ परेका ३९ मध्ये १५ जना भारतीय नागरिक रहेका छन् । त्यस्तै, दुई थाई र एक भुटानी नागरिक पक्राउ परेका छन् । यसअघि पटकपटक चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन् ।

 

भारतीय नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्छन् । दुबई तथा बैंककबाट नेपाल हुँदै सुन लिएर भारत जान खोज्ने क्रममा भारतीयहरू पक्राउ पर्छन् । दुबईमा नेपालमा भन्दा सुन प्रतितोला १० हजार रुपैयाँसम्म सस्तो पर्छ । सोही कारण सानो मात्रामा पनि सुन तस्करी हुने गरेको छ ।

 

वैदेशिक रोजगारीबाट फर्कने नेपाली कामदारलाई समेत प्रयोग गरी सुन तस्करी हुने गरेको छ । गत बुधबार मात्र ८ जना नेपाली सुनका गहनासहित पक्राउ परेका थिए ।

 

कर्मचारी नै निगरानीमा

विगतमा सुन तस्करीमा प्रहरी र एयरलाइन्सकै कर्मचारी संलग्न भएको खुलेपछि अहिले विमानस्थलका कर्मचारीमाथि नै निगरानी बढाइएको छ । विमानस्थलको भित्री क्षेत्रमा प्रवेश गर्दा र निस्कँदा उनीहरूमाथि समेत चेकजाँच हुने गरेको छ ।

 

‘प्रहरीमाथि नै चेकजाँच हुने गरेको छ,’ डिआइजी कमल जिटी भन्छन्, ‘सिसिटिभी मोनिटरिङ पनि बलियो बनाइएको छ ।’

 

सुन तस्करी गर्न खोज्ने भारतीय लगातार पक्राउ परेपछि उनीहरूले तत्कालका लागि नेपालको विमानस्थल प्रयोग गर्न छाडेको प्रहरीको भनाइ छ । सानो मात्रामा हुने तस्करी रोक्न पनि सूचना संयन्त्र चुस्त बनाइएको डिआइजी कमल जिटी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...