अब सबै ‘पोर्न साइट’ बन्द हुने, सरकारले दियो यस्तो निर्देशन



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय बढेका बलात्कारका घटनाले सरकारको गम्भीर ध्यानाकर्ष गराएको छ ।

यसरी घटना बढ्नुमा खुल्लेआम पार्ने साइटलाई सरकारले कारकको रुपमा लिएको छ । समाजमा विभिन्न खालका अपराधमा बृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ । विहीबार मात्र बर्दियामा एक १० बर्षे बालकले ७ बर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

‘अनपेक्षित रुपमा जसरी देशभर बलात्कारका घटना भएका छन्, तिनमा ‘पोर्न साइट’ को पनि भूमिका छ भन्ने विश्लेषण मन्त्रालयको राजनीतिक नेतृत्वको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, त्यस्ता साइट बन्द गर्न मन्त्री बास्कोटाले कडा निर्देशन दिनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...