संशोधन नभएसम्म संविधान स्वीकार्य हुन सक्दैनः मुख्यमन्त्री राउत



हाम्रो इकोनोमि

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

 

 

सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए ।

 

‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता दिनुपर्छ ।’

 

 

हरेक परिवर्तनमा तराई मधेशको जनताको भूमिका अहम रहेको बताउँदै उनले अधिकारको लागि संघर्ष जारी राख्न आव्हान गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी जिल्लाका नेता तथा कार्यकर्ताहरुले आ-आफनो गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...