जर्साब पत्नीलाई ‘रानी साहेब’ भन्न नपर्ने



हाम्रो इकोनोमि

 

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारको संकेत दिएका छन् । उनले सेनामा सुधारको योजना अन्तर्गत नै देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् ।

यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्र निर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन दिएका छन् । यस्तै उनले सैनिक जर्नेलका पत्नीहरुलाई ‘रानी’ भन्नु पर्ने चलन हटाएका छन् ।

सेनामा जर्नेल पत्नीहरुलाई ‘रानी साहेब’ भन्नु पथ्र्यो । अब भने जर्साब पत्नीहरुलाई पनि ‘म्याडम’ मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ ।

सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...